लन्डन । ब्रिटेनस्थित एक प्रतिष्ठित ल फर्म, एभरेस्ट ल सोलिसिटर्सले नेपालस्थित अध्यागमनसम्बन्धी परामर्शदाता कम्पनीहरुका लागि एक कार्यशाला गोष्ठी आयोजना गरेको छ।
शनिबार आयोजित कार्यक्रममा अध्यागमन मामिला हेर्ने वरिष्ठ व्यारिस्टरहरु रफायल जेसुरम, एलिस विल्फोर्ड तथा एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले ब्रिटेनको अध्यागमन सम्बन्धी कानून, अपिल प्रक्रिया एवं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई बेलायतमा स्थायी भिसा व्यवस्था बारे जानकारी दिएका थिए।
व्यारिस्टर रफायल जेसुरमले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायतमा स्थायी बसोबासको अनुमति नदिइएकाले उनीहरुप्रति ऐतिहासिक अन्याय भएको कुरा ब्रिटिश अदालतले स्वीकार गरेको बताए। उनले गोर्खा परिवारमा पारिवारिक सम्बन्ध मजबूत हुने हुनाले त्यो देखाउन सक्दा केस बलियो हुने सुझाव दिए। उनले नेपालमा तीन पुस्तासम्म एउटै घर, परिवारमा बस्ने प्रचलन रहेकाले त्यो कुरा न्यायाधीशहरुलाई राम्रोसँग बुझाउनु पर्ने बताए।
व्यारिस्टर एलिस विल्फोर्डले विदेशमा काम गर्न गएका भूतपूर्व गोर्खा सैनिक परिवारका सदस्यले विदेशबाट फर्केपछि आफ्नो परिवारसँग सम्पर्क कायमै रहेको देखाउनु पर्ने बताए।
त्यस्तै, प्रिन्सिपल सोलिसिटर राजु थापाले गोर्खालीहरुको मुद्दा लडेर ५६ वर्ष उमेर पुगेका सन्तान र एउटै परिवारका ८ जनासम्म सन्तानलाई ब्रिटेन ल्याउन सफल भएको अनुभव सुनाउदै सबै कागजात जुटाएर मात्रै अपिल गर्न सुझाव दिए।
“यस अघि हामीले भूतपूर्व गोर्खा सैनिकहरु, गोर्खा विधवाहरु तथा बिएनओ राहदानीका बारेमा सार्वजनिक कार्यक्रमहरु संचालन गरेका थियौं र नेपाली समुदायले त्यसबाट लाभान्वीत भएको हामीलाई बताउनु भएको छ,” उनले भने।
कार्यक्रममा सम्पूर्ण भिसा सलुशनका लीला मास्के तथा प्रभातमान मास्के, भिसा गाइड नेपालका दिनेशराम डंगोल तथा गोपाल डंगोल एवं श्रेष्ठ करियरका समी श्रेष्ठ, सूर्य नेम्वाङ तथा लीना नेम्वाङ सहभागी थिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा