लण्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतले शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रम आयोजना गरी युवा तथा महिला सशक्तीकरणका लागि करिब २८ हजार पाउण्ड संकलन गरेको छ ।
बेलायतमै आयोजना भइरहेको तेश्रो नेपाली विश्व स्वास्थ्य सम्मेलन तथा एनआरएनएको आसन्न दशौं महाधिवेशनको अवसर पारेर एनआरएनए युकेले आइतबार साँझ द पालेस अल्डरसटमा शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा आयोजित शुभकामना साँझ तथा च्यारिटी डिनरमा करिब २८ हजार पाउण्ड संकलन भएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए । संघको आसन्न दशौं महाधिवेशनमा अध्यक्ष लगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनएका अभियन्ताहरुलाई शुभकामना दिने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको गाहा मगरले जानकारी दिए ।
युवा तथा महिला सशक्तीकरणलाई सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको च्यारिटी डिपार्टमेन्टका प्रमुख संयोजक तथा एनआरएनए युकेका उपाध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले रचनात्मक कार्यक्रमका लागि शुभकामना दिए । यस्ता रचनात्मक कार्यक्रममा सधैं सबैको सहयोग रहने अपेक्षा उनले गरे । आसन्न महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवारहरुलाई शुभकामना दिँदै उनले विदेशमा रहेका नेपालीहरुको हितका लागि राजदूतावास सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे ।
सो अवसरमा आइसीसी अध्यक्षलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका प्रत्यासीहरुले भौतिक उपस्थिति र भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले प्रवासी नेपाली र मातृभूमिलाई सही अर्थमा जोड्ने अभियानमा आफू लागेको बताएका थिए ।
त्यस्तै अन्य प्रत्यासीहरुले संघलाई वास्तविक अर्थमा परोपकारी संस्थाका रुपमा सञ्चालन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा एनसीसी यूकेले च्यारिटीबाट संकलित रकमको सदुपयोग हुने विश्वास दिलाएको थियो ।
अध्यक्ष गाहा मगरले जुन उद्देश्यका लागि रकम संकलित गरिएको हो, त्यही उद्देश्य प्राप्तिमा प्रयोग गरिने बताए । हामीले केमा खर्च गरियो भन्ने कुरा सार्वजनिक मिडिया र एनसीसीको वेभसाइटमार्फत सार्वजनिक गर्ने छौं, उनले स्पष्ट पारे ।
त्यस्तै च्यारिटी डिपार्टमेन्टका प्रमुख संयोजक खरेलले आर्थिक पारदर्शिता पहिलो शर्त रहेको स्पष्ट पारे । आर्थिक पारदर्शिता पहिलो शर्त हो, यसमा हामी प्रतिबद्ध छौं, उनले भने ।
अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनबाट निर्वाचित वर्तमान कार्यसमितिले एनआरएनमा युवा र महिलाको सशक्तीकरण तथा सहभागिता वृद्धिलाई मुख्य एजेण्डा बनाएको थियो । सोही एजेण्डा कार्यान्वयनको दिशामा समिति अगाडि बढेको कार्यक्रममा बताइएको थियो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत