किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा नरवीर आङ्बो

लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा नरवीर आङ्बो निर्वाचित भएका छन् ।
चुम्लुङको आइतबार सम्पन्न दशौँ महाधिवेशनबाट आङ्बो अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अमृता पालुङ्वा, खगेन्द्र लावती, सन्तकुमार हुक्पाचोङवाङ, गणेश इजम र यदुचन्द्र लावती निर्वाचित भएका छन् । महासचिवमा जुरेन्द्र खजुमहाङ, सचिवमा ताराप्रसाद कन्दङवा र सानु सुब्बा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा दीपेन्द्र याक्सो, सहकोषाध्यक्षमा जीवनप्यारा मादेन र नरप्रसाद लिम्बु साबेनहिम निर्वाचित भएका छन् ।
चुम्लुङको महाधिवेसन शनिबार अल्डरसटमा शुरु भएको थियो । दुई दिनसम्म चलेको अधिवेसन आइतबार मात्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री