लण्डन। बेलायतको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई अन्तराष्ट्रिय अर्गनाईजेसन कम्युनिटिज एण्ड नेचर (क्यान)ले कल्याणकारी सेवा दिँदै आइरहेको छ । यसैक्रममा लण्डन क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई क्यानले शनिबारको दिन ब्राईटनको सामुन्द्रिक किनार भ्रमण गराएको थियो ।
सामुन्द्रिक किनार पुगेर भलाकुसारी गर्दै पिकनिक खाएर मादलको तालमा नाचगान कार्यक्रम भएको थियो । सालैजो भाकाका गीतहरु सुनेर साउथ अफ्रिकादेखि आएका भ्रमण टोलीले पनि मनोरञ्जन लिएका थिए भने अन्य विदेशीहरुले पनि फोटो खिचेका थिए । सामुन्द्रिक किनारमा मात्र हैन, भ्रमणमा आउँदा जाँदा पनि दोहोरी गीत गाउँदै रमाईलो गरेको समाजसेवी डेभिड गुरुङले बताउनु भयो ।
रिटार्यर्ड डब्ल्युओटु खम्बासिंग राईले भन्नु भयो, ‘दुई वर्षको अन्तरालपछि लामो दुरीको यात्रा गरी रमाईलो गर्ने मौका पाइयो । अर्गनाईजरलाई हामी सबैको तर्फबाट धन्यवाद ।’
सेप्टेम्बर महिनाको तेस्रो हप्ता भए पनि मौषमले साथ दिएकोमा सबै हाँसीखुशी देखिन्थे । बिहानको एघार बजे दुईवटा कोचले उनीहरुलाई लण्डनको नर्थोल्टबाट ब्राईटन सामुन्द्रिक किनार भ्रमण गराएर बेलुकी साढे सात बजे नर्थोल्टमै ल्याइ पुर्याएको थियो ।
सो भ्रमणका लागि तमुधीँ लण्डन, नातागोता परिवार युके, स्याङजा समाज युके, सोंपाल समाज युके लगायतका संस्थाहरुले क्यानसँग सहकार्य गरेका थिए ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश