लण्डन। बेलायतको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई अन्तराष्ट्रिय अर्गनाईजेसन कम्युनिटिज एण्ड नेचर (क्यान)ले कल्याणकारी सेवा दिँदै आइरहेको छ । यसैक्रममा लण्डन क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई क्यानले शनिबारको दिन ब्राईटनको सामुन्द्रिक किनार भ्रमण गराएको थियो ।
सामुन्द्रिक किनार पुगेर भलाकुसारी गर्दै पिकनिक खाएर मादलको तालमा नाचगान कार्यक्रम भएको थियो । सालैजो भाकाका गीतहरु सुनेर साउथ अफ्रिकादेखि आएका भ्रमण टोलीले पनि मनोरञ्जन लिएका थिए भने अन्य विदेशीहरुले पनि फोटो खिचेका थिए । सामुन्द्रिक किनारमा मात्र हैन, भ्रमणमा आउँदा जाँदा पनि दोहोरी गीत गाउँदै रमाईलो गरेको समाजसेवी डेभिड गुरुङले बताउनु भयो ।
रिटार्यर्ड डब्ल्युओटु खम्बासिंग राईले भन्नु भयो, ‘दुई वर्षको अन्तरालपछि लामो दुरीको यात्रा गरी रमाईलो गर्ने मौका पाइयो । अर्गनाईजरलाई हामी सबैको तर्फबाट धन्यवाद ।’
सेप्टेम्बर महिनाको तेस्रो हप्ता भए पनि मौषमले साथ दिएकोमा सबै हाँसीखुशी देखिन्थे । बिहानको एघार बजे दुईवटा कोचले उनीहरुलाई लण्डनको नर्थोल्टबाट ब्राईटन सामुन्द्रिक किनार भ्रमण गराएर बेलुकी साढे सात बजे नर्थोल्टमै ल्याइ पुर्याएको थियो ।
सो भ्रमणका लागि तमुधीँ लण्डन, नातागोता परिवार युके, स्याङजा समाज युके, सोंपाल समाज युके लगायतका संस्थाहरुले क्यानसँग सहकार्य गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा