काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने स्पष्ट पारेको छ ।
एनआरएनले आज जारी गरेको विज्ञप्तिअनुसार २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन लीलामणी पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेको स्पष्ट पारेको छ ।
जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको उसले जानकारी दिएको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ । गैरआवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी व्यवस्था गरिएको छ ।
त्यसका लागि नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनोट भैसकेको छ । प्राविधिकलगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरू (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट वञ्चित हुने अवस्था आउन सक्छ । यसतर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समितिले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसासहित ‘आइडी कार्ड’ पनि आवश्यक भएकाले यदि सदस्यता लिइसकेपछि पछाडी नवीकरण गरिएका भिसा तथा आइडी कार्ड उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डको पालना गर्दै आवश्यक सूचनाहरूका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालयमा सम्पर्क गर्न भनिएको छ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक