मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०८:५० | UK Time: 04:05

बेलायतका प्रधानमन्त्री जोन्सनलाई मातृशोक

वीनेपाली
२०७८ भदौ २९ गते ९:२८

आमाको साथ बोरिस

लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उहाँकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ व्यवसायिक चित्रकार हुनुहुन्थ्यो ।
उहाँलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा अहिले उपचार सफल नभइ उहाँको निधन भएको हो ।

स्थानीय सञ्चार माध्यमहरुले असामयिक रुपमा उहाँको निधन भएको र त्यसप्रति धेरैले दुःख व्यक्त गरेको समाचार प्रकाशन गरेका छन् । लेबर पार्टीका नेता सिर कैर स्तारमरले प्रधानमन्त्री जोन्सनको आमाको निधन भएको खवरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले जोन्सन परिवारप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक