अमेरिकामा नेपाली प्राध्यापकले पाए १ लाख ५९ हजार डलरको पुरस्कार

काठमाडाैं । अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन् । काभ्रेको बनेपा घर भएका न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा. डा. मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेशनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपैयाँ) राशीको पुरस्कार पाएका हुन् ।

एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो । वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ र यो पाउन निकै प्रतिस्पर्धा हुने गर्छ । उनले पाएको पुरस्कार सेप्टेम्बर २०२१ देखि दुई वर्षको लागि हो ।

उक्त पुरस्कार पाएपछि आफू निकै उत्साहित भएको नकर्मीले बताए । नकर्मीकाअनुसार यो पुरस्कार  आफ्नो प्रयोगशालामा भएको एक यन्त्र फोटोलुमिनेसिन स्पेकट्रोस्कोपीमा लाइफ टाइम (जीवनकाल) नाप्न सक्ने बनाउन एक उपकरण स्त्रीक क्यामेरा (वर्ण रेखाङ्किय चित्रक) को लागि प्रदान गरेको हो । लेजरको पल्सले सेमी कन्डक्टर (अर्ध ताप अथवा विद्युत चालक) पदार्थमा हानेपछि निस्कने प्रकाशबाट उक्त पदार्थको गुण अध्ययन गर्न सकिन्छ ।

उक्त उपकरण जडान गरेपछि सेमी कन्डक्टरबाट निस्कने प्रकाश कति छिटो अथवा कति ढिलो हुन्छ भनेर नाप्न सकिन्छ । उक्त स्त्रीक क्यामेराले पिको सेकेन्ड सम्मको आजीवन भएको लाइट नाप्न सकिन्छ । उक्त उपकरण जडान गरेपछि सेमी कन्डक्टरको प्रकाश निस्कने गुणबारे अनुसन्धान गर्न सहयोग हुनेछ । नकर्मी बिगत २० वर्षदेखि वाइड ब्याण्ड ग्याप सेमी कन्डक्टरसम्बन्धी अनुसन्धान गरिरहेका छन् ।

यस्तो सेमी कन्डक्टर पदार्थको विकासबाट पराबैजनी किरण (अल्ट्रा भ्वालेट लाइट) भन्दा पनि परको प्रकाश निस्कने एलइडि बनाउन सकिन्छ । जसलाई धेरै कम बिजुली खपत हुने बत्तीको साथै किटाणु मार्नेको लागि पनि प्रयोग गर्न सकिन्छ ।

नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिक शास्त्रमा वद्यिावारिधि गरेका छन् भने ब्रुकलिन महावद्यिालयमा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरिरहेका छन् । नकर्मीले अमेरिका आउनु अघि करिब ६ वर्ष काठमाडौं वश्विवद्यिालयमा प्राध्यापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री