नेपाली मेलामा सिक्लेस पार्चेले जित्यो एम्बेसेडर कप

लण्डन । यसवर्षको नेपाली मेला उत्कृष्ट प्रस्तुति देखाएर सिक्लेल पार्चे कम्युनिटी युकेले १ हजार १ सय पाउण्डसहित एम्बेसेडर कप हात पारेको छ ।
यस्तै, चारभन्ज्याङ तमु समाज युकेले दोस्रो स्थानसहित ७ सय पाउण्ड पुरस्कार पाएको छ । मेलामा पहिलो पटक सहभागी किरात राई यायोख्या युकेले तेस्रो स्थान पाएको छ । यायोख्याले ५ सय पाउण्ड नगद पुरस्कार पनि पाएको छ ।
सिक्लेस पार्चेले गतवर्ष पनि सो कप जितेको थियो ।
नेपाली मेलामा झाँकी र नृत्यतर्फ गरी मूल्याङ्कन दुई विधामा मूल्याङ्कन गरिएको थियो ।
झाँकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके पहिलो र चार भ्याङज्याङ तमु समाज दोस्रो भएका थिए । नृत्यतर्फ पनि सिक्लेस टोली पहिलो र र किरात राई यायोक्खा युके दोस्रो भएको थियो ।
पुरस्कारको प्रायोजन माइकल उसर सर्भिसेजले १ हजार १००, पुरन गिरी ७ सय, थर्क सेन ५ सय, ललितकुमार न्यौपाने ५ सय, क्या. चित्र गुरुङ ३ सय, मिलन गुरुङ ५ सय, एलबीजेड ३ सय पाउण्ड प्रायोजन गरेका थिए । यस्तै, राफल ड्रका लागि श्री लक्की ज्वेलर्स अल्डरसटबाट १ तोला सुन, ईमान गुरुङबाट आईप्याड र दिलरास गुरुङबाट १ सय पाउन्ड प्रदान गरिएको थियो ।
मेलाका लागि आर्थिक सहयोग गर्नेहरुमा तमु समाज युकेले १ हजार, योगेन क्षेत्री १ हजार, मेजर कुमार गुरुङ (एमभीओ) १ हजार र कमल पौडेल ५ सय पाउन्ड रहेका थिए ।
कार्यक्रममा तमुधिं यूकेका आमा समूहको उल्लेखनीय भूमिका देखिन्थ्यो। कार्यक्रम स्थलमा बिहान सबैरेदेखि उपस्थित रहेर दिनैभरि पाहुना सत्कार र च्यारिटीका लागि कपडा पनि बेचे । कपडा बेचेर जम्मा भएको ७ सय पाउन्ड नेपालमा च्यारिटीका लागि पठाइने बताएको छ ।
एम्बेसेडर कपका विजेतालाई राजदुत लोकदर्शन रेग्मीले कप प्रदान गरेका थिए । कार्यक्रमको उद्घाटन राजदुत रेग्मी, गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।
कार्यक्रममा २२ वटा टोलीले झाँकी प्रस्तुत गरेका थिए । निर्णायकहरुमा सुमलकुमार गुरुङ, पूर्णराज गुरुङ, डा. रुपक श्रेष्ठ र गोमा राना झाँकीतर्फ रहेका थिए । सनम बैराग, कविता घर्तीमगर र सरु राना गुरुङ नृत्यतर्फ निर्णायक रहेका थिए ।
कार्यक्रम हितकाजी गुरुङको अध्यक्षतामा भएको थियो भने औपचारिक कार्यक्रमको संचालन महासचिव पर्शु गुरुङले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले गरेका थिए ।
साँस्कृतिक कार्यक्रम तथा झाँकीको कार्यक्रम सुर्य गुरुङ, योगेश गुरुङ, श्रीमती निलम गुरुङ, तमु मै ताँको पूर्व प्रस्तोता पुनम गुरुङ, भबिका लामाले संचालन गरेका थिए ।
कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री