लण्डन । नेपालका सिमान्तकृत, विपन्न परिवार तथा अनाथ बालबालिकाको सहयोगका लागि युनिभर्सिटी कलेज लण्डन (युसिएल) मा अध्ययनरत नेपाली विद्यार्थी साहिल कैनी लण्डन म्याराथन दौड्ने भएका छन् ।
यही अक्टोवर ३ मा लण्डनमा हुने म्याराथनमा भाग लिएर उनले किड्स फष्ट नेपाल भन्ने संस्थालाई सहयोग जुटाउने छन् । किड्स फष्ट नेपालले सो म्याराथनबाट सबै संकलित रकम नेपालमा फिजियोथेरापिष्टलाई सहयोग गर्ने बताइएको छ । अपाङ्गता भएका बालबालिकालाई हिँड्न सघाउन, बलियो र स्वस्थ बनाउन फिजियोथेरापिष्टहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सहयोग गर्नु परेको किड्स फष्ट नेपालले बताएको छ ।
कोभिड १९ का कारण नेपालमा सबै क्षेत्रमा सहयोगको आवश्यकता परेकाले म्याराथन दौड्न लागेको कैनीले बताए ।
उनले यसअघि सन् २०१८ मा पनि सोही संस्थाका लागि लण्डन म्याराथन दौडेर ३ हजार ५०० पाउण्ड सहयोग संकलन गराएका थिए । यसपटक पनि उनले करिब ३ हजार पाउण्ड सहयोग जुटाउने लक्ष्य राखेका छन् ।
एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत कैनी आफैँ पनि दौड्न र नेपालमा सहयोग गर्न मन पराउँछन् । पढाइ र म्याराथनको तयारीलाई कसरी सन्तुलन मिलाउनुहुन्छ भन्ने प्रश्नमा उनले सन्तुलन मिलाउन गाह्रै भए पनि यसपटक अगष्ट महिनामा पूरै छुट्टी भएकाले राम्रो तयारी गर्न पाएको बताए ।
साहिल युसिएल नेपाली विद्यार्थी सोसाइटीका पूर्व अध्यक्षसमेत हुन् ।
उनलाई सहयोग गर्न चाहनेले लण्डन म्याराथनको लिंक https://uk.virginmoneygiving.com/charity-web/charity/displayCharityCampaignPage.action?charityCampaignUrl=shahil-kfn मा गएर सहयोग गर्न सकिने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा