लण्डन । नेपालका सिमान्तकृत, विपन्न परिवार तथा अनाथ बालबालिकाको सहयोगका लागि युनिभर्सिटी कलेज लण्डन (युसिएल) मा अध्ययनरत नेपाली विद्यार्थी साहिल कैनी लण्डन म्याराथन दौड्ने भएका छन् ।
यही अक्टोवर ३ मा लण्डनमा हुने म्याराथनमा भाग लिएर उनले किड्स फष्ट नेपाल भन्ने संस्थालाई सहयोग जुटाउने छन् । किड्स फष्ट नेपालले सो म्याराथनबाट सबै संकलित रकम नेपालमा फिजियोथेरापिष्टलाई सहयोग गर्ने बताइएको छ । अपाङ्गता भएका बालबालिकालाई हिँड्न सघाउन, बलियो र स्वस्थ बनाउन फिजियोथेरापिष्टहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सहयोग गर्नु परेको किड्स फष्ट नेपालले बताएको छ ।
कोभिड १९ का कारण नेपालमा सबै क्षेत्रमा सहयोगको आवश्यकता परेकाले म्याराथन दौड्न लागेको कैनीले बताए ।
उनले यसअघि सन् २०१८ मा पनि सोही संस्थाका लागि लण्डन म्याराथन दौडेर ३ हजार ५०० पाउण्ड सहयोग संकलन गराएका थिए । यसपटक पनि उनले करिब ३ हजार पाउण्ड सहयोग जुटाउने लक्ष्य राखेका छन् ।
एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत कैनी आफैँ पनि दौड्न र नेपालमा सहयोग गर्न मन पराउँछन् । पढाइ र म्याराथनको तयारीलाई कसरी सन्तुलन मिलाउनुहुन्छ भन्ने प्रश्नमा उनले सन्तुलन मिलाउन गाह्रै भए पनि यसपटक अगष्ट महिनामा पूरै छुट्टी भएकाले राम्रो तयारी गर्न पाएको बताए ।
साहिल युसिएल नेपाली विद्यार्थी सोसाइटीका पूर्व अध्यक्षसमेत हुन् ।
उनलाई सहयोग गर्न चाहनेले लण्डन म्याराथनको लिंक https://uk.virginmoneygiving.com/charity-web/charity/displayCharityCampaignPage.action?charityCampaignUrl=shahil-kfn मा गएर सहयोग गर्न सकिने छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश