लण्डन । भूपू गोर्खाहरुसंग द गोर्खा कम्युनिटिज् एन नेचर (क्यान)ले साउथ ह्यारोमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
भूपू गोर्खाहरुलाई एक्लोपनबाट मुक्त गर्ने मुख्य उद्देश्य रहेकोले भेलाको आयोजना गरिएको (क्यान)का निर्देशक डा. बलराम ढकालले बताए । संस्थाको स्थापना भएसंगै विभिन्न कल्याणकारी तथा सामाजिक कार्यक्रमहरु गर्दै आएको पनि उनले जानकारी दिए ।
उपस्थित भएका भूपू गोर्खाहरुका अन्य समस्याहरुको विषयमा पनि उनले जिज्ञासा राखेका थिए । त्यस्तै क्यानका चियरमेन गोविन्द वेलबासेले भन्नु यो, ‘हामी मान्छेहरु सबै विषयमा पूर्ण नहुने भएकोले सामाजिक भेटघाट गरी एक अर्का विच जानकारीमूलक सूचनाहरु आदानप्रदान गर्दै अघि बढ्नु पर्ने हुन्छ ।’ उहाँले थप भन्नुभयो, ‘मान्छेहरुलाई विभिन्न समस्याहरुको कारण एक्लोपनले सताउने गर्छ ।’ अझ धेरै बृद्ध अवस्थामा शारिरीक समस्याको कारण पनि असामाजिक हुँदै जानसक्ने भएकोले सामाजिक भेटघाट कार्यक्रमको आयोजनाहरु क्यानले गर्दै आईरहेको छ ।’
कार्यक्रममा एन.आर.एन. ए. वेलायतका पूर्व उपाध्यक्ष थर्क सेन, ब्यवासायी कमल पौड्याल, स्याङजा समाज वेलायतका अध्यक्ष सारद गुरुङको उपस्थिती रहेको थियो । त्यस्तै भूपू गोर्खा सैनिकहरु समाजसेवी डेभिड गुरुङ, समाजसेवी उदानवहादुर राई, समाजसेवी ज्ञानवहादुर राईको उपस्थिती रहेको थियो ।
भूपू गोर्खा सैनिकहरुको बाक्लो उपस्थिती रहेको उक्त भेलाले यहि आउँदो १८ सेप्टेम्बर २०२१ दिन सामुद्रिक किनारमा घुम्न जाने निणर्य पनि गरेको छ । भूपू गोर्खा सैनिक र उनको श्रीमतीहरुलाई निशुल्क घुम्न लैजाने जानकारी डेभिड गुरुङले दिनु भयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा