लण्डन । बेलायतले नेपाललाई १ लाख ३० हजार डोज कोरोना विरुद्धको खोप प्रदान गरेको छ ।
काठमाडौँमा सो खोप नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलाई हस्तान्तरण गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्सफोर्ड आष्ट्रजेनिकाको सो खोप कोभ्याक्समा बेलायतले गरेकाे प्रतिवद्धताअनुसार नेपाल पठाइएको हो ।
नेपालका लागि बेलायती राजदुत पोलिटले सो अवसरमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो सहयोगको उल्लेख गर्न छुटाइनन् तर नेपाली समुदायमा भने बेलायत नेपालको पुरानो मित्र भए पनि नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्नमा बेलायत उदासिन रहेको भनाइ छ ।
केही साताअघि बेलायतमा रहेका नेपाली समुदायका अगुवा तथा नेपाललाई माया गर्ने बेलायतीहरुले बेलायतका विदेश मन्त्री तथा आफ्ना क्षेत्रका सांसदहरुलाई पत्राचार समेत गरेका थिए । सर्वसाधारणले हस्ताक्षर संकलन गरी संसदमा बहस समेत भएको थियो तर पनि बेलायतले कुनै सहयोगको वचन दिन सकेन ।
खोप उत्पादक राष्ट्रसमेत रहेको बेलायतले दुईसय वर्षभन्दा लामो कुटनीतिक सम्बन्ध रहेको मित्र राष्ट्रप्रति गरेको यस किसिमको वेवास्ताको आलोचना भएको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत