लण्डन । बेलायतले नेपाललाई १ लाख ३० हजार डोज कोरोना विरुद्धको खोप प्रदान गरेको छ ।
काठमाडौँमा सो खोप नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलाई हस्तान्तरण गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्सफोर्ड आष्ट्रजेनिकाको सो खोप कोभ्याक्समा बेलायतले गरेकाे प्रतिवद्धताअनुसार नेपाल पठाइएको हो ।
नेपालका लागि बेलायती राजदुत पोलिटले सो अवसरमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो सहयोगको उल्लेख गर्न छुटाइनन् तर नेपाली समुदायमा भने बेलायत नेपालको पुरानो मित्र भए पनि नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्नमा बेलायत उदासिन रहेको भनाइ छ ।
केही साताअघि बेलायतमा रहेका नेपाली समुदायका अगुवा तथा नेपाललाई माया गर्ने बेलायतीहरुले बेलायतका विदेश मन्त्री तथा आफ्ना क्षेत्रका सांसदहरुलाई पत्राचार समेत गरेका थिए । सर्वसाधारणले हस्ताक्षर संकलन गरी संसदमा बहस समेत भएको थियो तर पनि बेलायतले कुनै सहयोगको वचन दिन सकेन ।
खोप उत्पादक राष्ट्रसमेत रहेको बेलायतले दुईसय वर्षभन्दा लामो कुटनीतिक सम्बन्ध रहेको मित्र राष्ट्रप्रति गरेको यस किसिमको वेवास्ताको आलोचना भएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक