ओलम्पियन पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण

काठमाडौँ । ओलम्पियन पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ ।

गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन ।

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।  प्रतिस्पर्धा सकेर  बेलायत पुगेको केही सातामै उनले काेराेन स‌ंक्रमण भएकाे हाे ।

उनी आइसोलेसनमा बसेकी छन् । ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।

नेपाली पौडीमा दर्जनौँ कीर्तिमान कायम गरेकी गौरिका सिंह बेलायतमा बसोबास गर्ने गर्दछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री