लन्डन। बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित ६ जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।
प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य घाइते भएका छन् ।”
बेलायतमा ११ वर्षमा पहिलोपटक भएको समूह लक्षित गोलीकाण्डमा भएको हो ।
डेवन एण्ड कर्नवाल प्रहरीका अनुसार २२ वर्षीय हत्यारा जेक डेभिसनले तीन बर्षीया बालिका, उनका आफन्त र अन्य तीन व्यक्तिलाई गोली हानेपछि आफूलाई पनि गोली हानेका प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । घटनामा घाइते भएका दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग