लन्डन। बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित ६ जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।
प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य घाइते भएका छन् ।”
बेलायतमा ११ वर्षमा पहिलोपटक भएको समूह लक्षित गोलीकाण्डमा भएको हो ।
डेवन एण्ड कर्नवाल प्रहरीका अनुसार २२ वर्षीय हत्यारा जेक डेभिसनले तीन बर्षीया बालिका, उनका आफन्त र अन्य तीन व्यक्तिलाई गोली हानेपछि आफूलाई पनि गोली हानेका प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । घटनामा घाइते भएका दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग