लन्डन । समान अधिकारको मागसहित लन्डनमा भूतपूर्व गोर्खाहरुले जारी राखेको आन्दोलनमा बेलायतका पत्रकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।
१० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण अनसनमा बसिरहेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुलाई भेटेर पत्रकार महासंघ यूके शाखाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका हुन् ।
अध्यक्ष ध्रुवराज अर्याल, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत तथा निवर्तमान अध्यक्ष नरेश खपांगीमगर मंगलबार दिउँसो अनसनस्थल पुगेका थिए ।
त्यसअवसरमा शाखाका अध्यक्ष ध्रुवराज अर्यालले गोर्खाहरुको समान अधिकार प्राप्तिको लडाईंमा शाखाको तर्फबाट पूर्ण साथ, समर्थन र ऐक्यवद्धता प्रकट गरे ।
‘अब गोर्खाहरुको मुद्धा भूपू सैनिकहरुको मात्र रहेन । सिंगो नेपाल र सबै नेपालीसँग पनि जोडिएको यो मुद्धामा हामी पत्रकारहरुले पनि पूर्ण साथ, समर्थन र सहयोगको प्रतिवद्धता जनाउन चाहन्छौँ’, अध्यक्ष अर्यालले भने ।
भूतपूर्व गोर्खाहरुको आन्दोलनका पक्षमा बेलायतस्थित नेपाली
मिडियाका तर्फबाट निरन्तर सहयोगको प्रतिवद्धता उनले दोहोर्याए ।
आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले गोर्खाहरुको अभियान सफलतामा पुग्न मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहने धारणा राखे । आफूहरु अहिले अन्तिम चरणको संघर्षमा रहेको भन्दै उनले आन्दोलनको पक्षमा जनमत बनाउने कार्यमा मिडियाको सहयोग अपेक्षा गरेको बताए ।
गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणासहितका तीन अभियन्ता गत शनिबारदेखि आमरण अनसनमा छन् । समितिका अनुसार अहिलेसम्म बेलायत सरकारले कुनै रेस्पोन्स गरेको छैन ।
१० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर रहेको अनसनस्थलमा लगाइएको त्रिपाल मंगलबार बिहान बेलायती प्रहरीले हटाइदिएको थियो ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश