लण्डन । एनआरएनए युकेको निर्वाचनमा धाँधली भएको आरोप अध्यक्षका उम्मेदवार रोजिना प्रधान राईले लगाएकी छिन् ।
बुधबार साँझ एक पत्रकार सम्मेलन गर्दै उनले एक हजारभन्दा बढी भोट अस्वाभाविक ढंगले खसेको र ती भोटका बारेमा भोटको जिम्मा दिइएको एजेन्सी च्वाइस भोटिङले समेत प्रश्न उठाएको उनले बताइन् ।
एनआरएनको केन्द्रीय समितिबाट च्वाइस भोटिङले पाएको डाटाबेसबाट इमेल ठेगाना परिवर्तन गरी करिब एक हजार भोट खसालिएको भन्दै च्वाइस भोटिङले मंगलबार निर्वाचन समितिलाई एक पत्र पठाएको थियो । सो पत्रको बारेमा निर्वाचन समितिले के निर्णय गर्यो भन्ने अझै बाहिर आइसकेको छैन । तर अध्यक्षका उम्मेदवार प्रधान राईले ती मत बदर हुनुपर्ने अडान राखेकी छिन् । उनले ती मतहरु बदर नभएमा कानुनी उपचार खोज्ने चेतावनी पनि दिएकी छिन् ।
हेर्नुहोस् उनको प्रेस विज्ञप्ति जस्ताको तस्तै
आदरणीय पत्रकार साथीहरु
सर्वप्रथम छोटो सूचनाका आधारमा पनि यो पत्रकार सम्मेलनमा उपस्थित भइदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सोमबार सम्पन्न निर्वाचनको नतिजा सम्वन्धमा बेलायतस्थित नेपाली समुदायले देखाउनु भएको चासोप्रति मेरो ध्यानार्कषण भएको छ । बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासंग जोडिएको यति संवेदनशील विषयमा भएको ढिलासुस्तीले संघको छवीमा समेत प्रत्यक्ष असर पार्ने निश्चित छ । हामीले संघको छवीलाई कुनै पनि हालतमा धमिल्याउन दिनु हुंदैन् । निर्वाचन प्रकृयाको जिम्मेवारी लिएको बेलायतस्थित भेण्डर च्वाइस भोटिङले दिएको शर्त, निर्वाचन नियमावली र संघको विधान पालना गर्दै हामी निर्वाचमा होमिएका थियौं। यसअघि निर्वाचन समितिले दिएको जानकारी र च्वाइस भोटिङको भनाई अनुसार निर्वाचन परिणामको पहिलो ड्राफ्ट आज (बुधवार) सांझ सम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने थियो । तर, निर्वाचन परिणामलाई उल्टाउने, प्रकृयालाई समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको छ ।
यसैबीच चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको प्रष्ट पारेको छ । यस्तै च्वाइस भोटिङले ती मतदाताहरुको फोटो परिचयपत्र समेत माग गरेको छ । च्वाइस भोटिङको पछिल्लो पत्रले निर्वाचनमा ठूलो धांधली र अनियमितता भएको संकेत गरेको छ । म आफैं संघको अध्यक्षको उम्मेदवार भएको नाताले त्यस्ता अनियमित कामको घोर निन्दा गर्दछु । निर्वाचनका क्रममा मैले मतदाताबाट प्राप्त गरेको माया, ममताले परिणाम मेरै पक्षमा आउनेमा विश्वस्त छु । तर परिणामलाई जस्तो प्रभाव पारे पनि त्यस्तै गैरकानूनी मत बदर हुनु पर्छ भन्ने मेरो अडान छ । निर्वाचनमा गैरकानूनी रुपमा अस्वभाविक मतहरु तत्काल बदर गर्न आग्रह गर्दछु । गैरकानुनी रुपमा भएका मतहरु बदर नगरि निर्वाचन परिणाम सार्वजनिक गरिए अन्य मतदाताहरु माथि ठूलो अन्याय हुने तर्फ सबैको ध्यानार्कषण गर्दछु । साथै, बेलायती संघको विधान र बेलायती कानून विपरीत कुनै पनि अप्रिय निर्णय भएमा कानूनी उपचार खोज्ने चेतावनी दिन चाहन्छु ।
रोजिना प्रधान राई, अध्यक्ष, प्रत्यासी गैरआवासीय नेपाली संघ यूके ०४ अगष्ट २०२१
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने