लण्डन । एनआरएनए युकेको राष्ट्रिय समन्वय समितिको निर्वाचन तथा राज्यसमितिहरुको निर्वाचनको पर्यवेक्षणका लागि बेलायतमा कार्यरत तीन पत्रकारलाई जिम्मेवारी दिइएको छ ।
निर्वाचन समितिले सोमबार बिहान नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर र अग्रज पत्रकार भगिरथ योगीलाई पर्यवेक्षक नियुक्त गरेको हो ।
पर्यवेक्षकहरुले आज र भोलि सम्पन्न हुँदै गरेको निर्वाचनको अनुगमन गर्ने बताइएको छ ।
यसअघि एनआरएनए युरोप क्षेत्रीय समन्वय समितिले केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितलाई पर्यपेक्षक तोकिसकेको छ भने एनआरएनए युके निर्वाचन समितिले प्रवेश केसी, रामशरण सिंखडा, लेफ्टिनेण्ट रिटायर्ड चन्द्र गुरुङ, ओमप्रसाद थापा, क्याप्टेन राजु गुरुङ र भोला खनाल रहेको निर्वाचन समितिको सल्लाहकार समिति गठन गरेको छ भने निर्वाचनका लागि तीन जना अध्यक्षका प्रत्याशीको प्रतिनिधिसमेत राखेको छ ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय