लण्डन । एनआरएनए युकेको राष्ट्रिय समन्वय समितिको निर्वाचन तथा राज्यसमितिहरुको निर्वाचनको पर्यवेक्षणका लागि बेलायतमा कार्यरत तीन पत्रकारलाई जिम्मेवारी दिइएको छ ।
निर्वाचन समितिले सोमबार बिहान नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर र अग्रज पत्रकार भगिरथ योगीलाई पर्यवेक्षक नियुक्त गरेको हो ।
पर्यवेक्षकहरुले आज र भोलि सम्पन्न हुँदै गरेको निर्वाचनको अनुगमन गर्ने बताइएको छ ।
यसअघि एनआरएनए युरोप क्षेत्रीय समन्वय समितिले केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितलाई पर्यपेक्षक तोकिसकेको छ भने एनआरएनए युके निर्वाचन समितिले प्रवेश केसी, रामशरण सिंखडा, लेफ्टिनेण्ट रिटायर्ड चन्द्र गुरुङ, ओमप्रसाद थापा, क्याप्टेन राजु गुरुङ र भोला खनाल रहेको निर्वाचन समितिको सल्लाहकार समिति गठन गरेको छ भने निर्वाचनका लागि तीन जना अध्यक्षका प्रत्याशीको प्रतिनिधिसमेत राखेको छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण