लन्डन । गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमिति चयन गर्न यही शनिबार हुन गैरहेको चुनावको नतिजा तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाउन संघका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरले माग गरेका छन्।
बुधबार अबेर एक पत्रकार सम्मेलन गरी निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कडेलले अनलाइन चुनाव गराउने जिम्मा एक ब्रिटिश कम्पनीलाई दिइएको तर नतिजा आउन तीन दिनसम्म लाग्न सक्ने जनाएका थिए।
बिहीबार निर्वाचन समितिलाई एक पत्र पठाउदै मगरले एउटा डिभाइस वा एउटा आइपी ठेगानाबाट जति पनि मतदान गर्न मिल्ने व्यवस्था गर्नुका साथै सबै मतदाताहरुलाई कमसेकम ४८ घण्टा पहिले नै ‘टेस्ट मेल‘ पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले अनलाइन माध्यमबाट कसरी मतदान गर्ने भन्नेबारे सामाजिक संजाल र बेलायतबाट प्रकाशित हुने नेपाली मिडियालाई समेत अनुरोध गरेर मतदाता शिक्षाको काम तत्काल र व्यापकरुपमा संचालन गर्न पनि सुझाव दिएका छन्।
उनले मतगणना गर्न जिम्मा दिइएको ब्रिटिश कम्पनी, च्वाइस भोटिंगसंग भएका पत्राचारको सम्पूर्ण विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’