मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०७:३८ | UK Time: 02:53

पत्रकार महासंघ युके शाखाद्वारा सल्लाहकार, केन्द्रीय प्रतिनिधि तथा सदस्य चयन

वीनेपाली
२०७८ साउन ११ गते १३:४४

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले सल्लाहकार, केन्द्रीय प्रतिनिधि तथा कार्यसमितिमा रिक्त सदस्यहरु मनोनयन गरेको छ ।

शाखाको पाँचौं कार्यसमितिको आइतबार लण्डनमा बसेको दोस्रो पूर्ण बैठकले कार्यसमितिमा रिक्त तीन सदस्यहरुमा मिलन तमु, बाचस्पति रेग्मी र बम थापा सुर्यवंशीलाई मनोनित गरेको छ भने शाखाका तर्फबाट केन्द्रीय प्रतिनिधिमा विमला सेने र विश्वासदीप तिगेलालाई सिफारिश गरिएको छ । यस्तै शाखाका सल्लाहकारहरुमा भगिरथ योगी, नवीन पोखरेल, चिरन शर्मा, नरेश खपाङ्गी मगर, श्याम लुईंटेल, मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, विकलचन्द्र आचार्य, फडिन्द्र भट्टराई, दूतबहादुर पुन, कुशल श्रेष्ठ, लीलामान शेरपुञ्जा, पूर्णबहादुर गुरुङ, नरेश काङमाङ राई, प्रजय शुक्ल र डा. शिव तिवारीलाई चयन गरिएको छ ।

बैठकले विभिन्न विभागहरु पनि गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष दिनेश परियारको संयोजकत्वमा सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र कार्यसमिति सदस्य नगेन्द्र नेम्वाङ सदस्य रहेको सीप तथा क्षमता अभिवृद्धि विभाग, उपाध्यक्ष प्रमिला लावुङ राईको संयोजकत्वमा सचिव खेमराज रानाभाट र कार्यसमिति सदस्य गोमा राना सदस्य रहेको कार्यक्रम तथा समुदाय समन्वय विभाग, उपाध्यक्ष शिव भण्डारीको संयोजकत्वमा कार्यसमिति सदस्यद्वय मिलन तमु र बाचस्पति रेग्मी सदस्य रहेको प्रचारप्रसार विभाग, महासचिव नरेन्द्र बस्नेतको संयोजकत्वमा सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट सदस्य रहेको संगठन तथा सदस्यता व्यवस्थापन विभाग, कोषाध्यक्ष सविन्द्रकुमार गुरुङको संयोजकत्वमा सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम एवम् कार्यसमिति सदस्यहरु बम सुर्यवंशी र जयराम तामाङ सदस्य रहेको आर्थिक विभाग छन् ।

शाखाको सदस्यता नियमावलीबारे अध्ययन तथा आवश्यक संशोधनको प्रस्ताव तयार गरी कार्यसमितिमा पेश गर्ने म्याण्डेटसहित उपाध्यक्ष प्रमिला लावुङ राईको संयोजकत्वमा महासचिव नरेन्द्र बस्नेत र सचिव खेमराज रानाभाट सदस्य सदस्यता नियमावली सुझाव समिति गठन गरिएको छ ।

यस्तै शाखाको सदस्यता नविकरणका क्रममा छुटेका सदस्यहरुको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण कार्यलाई महासंघ केन्द्रीय समितिसँगको समन्वय र परामर्शमा अघि बढाउने निर्णय गर्दै उक्त कार्यको संयोजन गर्ने जिम्मा महासचिव नरेन्द्र बस्नेतलाई दिइएको छ ।

शाखाले पूर्ण कार्यसमितिको बैठक बस्न नसकेको अवस्थामा कुनै जरुरी निर्णयहरु लिनुपर्ने अवस्थामा आवश्यक निर्णयहरु लिन अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवहरु, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ९ पदाधिकारी सदस्य रहने गरी पदाधिकारी बोर्ड गठन गरेको छ ।

बैठकले पत्रकार आचारसंहिताको कार्यान्वयनलाई प्रोत्साहन गर्ने र मर्यादित पत्रकारिताको विकास गर्ने लक्ष्यसहित कार्यसमितिलाई आवश्यक परामर्श र सिफारिश गर्ने गरी अनुशासन समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ ।  सो समिति गठनको प्रक्रिया अघि बढाउनको लागि आवश्यक गृहकार्यको जिम्मा अध्यक्षलाई प्रदान गरिएको छ ।

बैठकले बेलायत तथा नेपालमा रहेका पत्रकारहरुको स्तर उन्नति र सीप, क्षमता विकासका लागि बेलायत तथा नेपाल दुवै देशमा विभिन्न कार्यक्रम, तालिम, गोष्ठीहरु आयोजना गर्ने,  संस्थाको कोष अभिवृद्धिकेन्द्रित कार्यक्रमहरु गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । ती कार्यक्रमहरुको ठोस योजना, खाका र प्रस्तावहरु तयार गरी आगामी बैठकमा पेश गर्ने जिम्मेवारी सम्बन्धित विभागहरुलाई प्रदान गरियो ।

कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सन्चालनमा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्षहरु प्रमिला लावुङ राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ र जयराम तामाङको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक