बिहीबार, साउन २१ २०७८ | Thu, August 05, 2021
नेपालको समय: ०४:२९ | UK Time: 23:44

विश्वासको मतले ओझेलमा पार्यो नेपालको संसद अघिल्तिर गोरखाहरुको प्रदर्शन

वीनेपाली
२०७८ साउन ४ गते १४:०८

लण्डन । नेपालको पुनर्स्थापित संसदको पहिलो बैठक बसेको दिन आइतबार नेपालको संसद भवनको अघिल्तिर गोरखा भूतपूर्व सैनिकहरुले प्रदर्शन गरेका छन् ।

गोरखाहरुलाई समान हक दिलाउनका लागि पहल गर्न नेपाल सरकारलाई दबाब दिन सो प्रदर्शनको आयोजना गरिएको थियो ।

संसद भवन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्न सुरक्षाकर्मीले अवरोध गरेपछि होटल एभरेष्ट अगाडी प्रदर्शनको आयोजना गरिएको थियो । त्यसपछि माइतीघर मण्डलामा पुगेर कोणसभामा समापन भएको थियो ।

गोरखाहरुले जुलाई २१ देखि लण्डनमा अनसन बस्ने बताइरहेका छन् ।

सबै तस्वीरहरु : प्रेम बेघा 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक