लन्डन । करिब एक दशकदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न समितिमा रहेर कार्यभार सम्हालिसकेका व्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए युकेको कार्यसमिति सदस्य, सहकोषाध्यक्ष, उपाध्यक्ष र हाल अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य रहेका न्यौपाने एनआरएनएमा लागेर आफूले आर्जन गरेको ज्ञान र अनुभव युरोप क्षेत्रमा विस्तार गर्न सो पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउँछन् ।
एनआरएनएका अलाबा उनी बेलायतका करिब आधादर्जन विभिन्न सामाजिक संस्थाहरुमा सल्लहाकार रहेका छन् । सहयोगी तथा सामाजिक कार्यमा दिल खोलेर सहयोग गर्ने झापा जिल्लामा घर भएका न्यौपाने अन्तर्रास्ट्रिय झापाली समाजका केन्द्रीय उपाध्यक्ष समेत छन् । हाइली स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गत २००५ मा बेलायत आएका न्यौपानेको नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा लगानी छ ।
एमए, बीएलसम्म अध्ययन गरेका न्यौपानेले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैँकको शाखा प्रबन्धकको अनुभव समेत छ । अध्यात्म र साहित्यमा रुची राख्ने न्यौपाने फुर्सदको समयमा मुक्तक लेख्न मन पराउँछन् । सबै मानिसलाई सुख, शान्ति र सम्वृद्धि पुर्याउने सपना बोकेका न्यौपाने जीवन विज्ञान युके स्थापना गराउन र सोको गतिविधि फैलाउनमा पनि क्रियाशील छन् । प्रो इलाइट क्लबको सक्रिय सदस्य न्यौपानेले आफ्नो प्रतिवद्धता पत्र एक कार्यक्रममार्फत चाँडै सार्वजनिक गर्ने बताए ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार