लन्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक तमुधिं यूकेले जनाएको छ ।
कोभिड महामारीका कारण गत वर्ष गोर्खा कप भएको थिएन तर यसपटक भने कोभिड १९ को तरङ्गलाई छल्दै आगामी शनिबार (२४ जुलाई) पुरानै स्थान क्वीन्स एभेन्यू अल्डरसटमा हुने भएको छ ।
नयाँ भेरियन्टको भाइरसको संक्रमण बेलायतमा फैलँदै गरेको भए पनि स्थानीय रसमोर बरो काउन्सिल र सरोकारवाला सबै निकायसितको परामर्शमा कोभिड १९को खतरालाई न्यूनीकरण गर्दै यस वर्षको गोर्खा कप गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले बताए ।
तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक क्याप्टेन देव घलेले गोर्खा कपको तयारीबारे विस्तृत जानकारी दिएका थिए । उनले यसपटक मेन तर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरी कुल ४२ टिम सहभागी हुने पनि जनाए । प्रतियोगितामा मेन क्याटगोरीको विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो हुनेलाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् । यस्तै ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने छ ।
प्रतियोगिता आयोजना गर्न ३५ हजार पाउण्ड बढी खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा, कोभिड प्रोटोकल, शौचालय, पार्किङ आदिको भरपूर व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । गोर्खा कपमा फुटबलबाहेक सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना-हस्तकलाका स्टल, पञ्चेबाजा आदि प्रमुख आकर्षण हुने संयोजक घलेले जनाए ।
कार्यक्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले सरकारले पनि कोभिड नियम हटाएकाले गोर्खा कप भव्य हुने आशा व्यक्त गरे । उनले यस इभेन्टलाई तमुधिं यूकेको मात्र नभइ सबैको साझा मानेर कार्यक्रममा सहभागिता जनाइदिन अपिल पनि गरे । पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एसके गुरुङले मिडियाकर्मीको स्वागत तथा परिचय दिए । स्टल कोअर्डिनेटर तथा तमुधिं यूके उपाध्यक्ष तुलाराम गुरुङले स्टल, टेन्ट लगायतबारे अवगत गराए ।
सो अवसरमा प्रतियोगितामा भाग लिने टिमहरुको ‘ड्र’ पनि गरिएको थियो ।
प्रत्यक्ष र भर्चुअल गरिएको उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, पूर्व अध्यक्ष चिरन शर्मा, बाचस्पति रेग्मी, प्रकाश गुरुङ, नरेन्द्रराज नेम्वाङ लगायतले जिज्ञासा राखेका थिए । करिब ४ देखि ६ हजार दर्शक सहभागी हुने गोर्खा कपको उद्देश्य युवा खेल प्रतिभाहरुलाई अवसर मात्र होइन्, बेलायतवासी नेपालीमाझ भेटघाट हुने र सुःखदुःख साट्ने पनि रहेको छ ।
तमुधिँ युकेले विगत १९ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]