लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी माहौल तातिँदै जाँदा युरोप क्षेत्रीय संयोजकमा वर्तमान उपसंयोजक कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने भएका छन् ।
सन् २००७ देखि एनआरएन अभियानमा आवद्ध तिमल्सिनाले एकदशक एनआरएनको विभिन्न समितिमा रहेर कार्य गरिसकेका छन् । उनी युरोप उपसंयोजक हुनुपूर्व २०१५–०१७ कार्यसमितमा केन्द्रीय सदस्य रहेका थिए । त्यस्तै सन् २०१३-१५ बेलायत राष्ट्रिय समितिको उपाध्यक्ष, सन् २०११-२०१३ बेलायत राष्ट्रिय समितिको सदस्य रहिसकेका छन् । कुराभन्दा काममा बढी विश्वास गर्ने उनी सन् २०१७ मा एनआरएनए युकेको अध्यक्षका प्रत्यासी रहेका थिए ।
मृदुभाषी, शालिन, निष्कपट र निष्कलंक छविका तिमल्सेना नेपलिज सेफ्स एसोसिएसन यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ