लण्डन । बेलायतबाट सन्चालित नेपाली अनलाइन पत्रिका वीनेपाली डटकमको सहसम्पादकमा पत्रकार फातिमा बानु नियुक्त भएकी छिन् ।
सो अनलाइन पत्रिकाको प्रकाशक वीनेपाली डटकम लिमिटेडले शुक्रबार उनलाई सहसम्पादकमा नियुक्त गरेको हो ।
बानु मूलधारको नेपाली छापा तथा अनलाइन पत्रकारितामा सात वर्षदेखि सक्रिय छिन् । रातोपाटी डटकमबाट पत्रकारिता यात्रा शुरु गरेकी बानुले यसअघि कान्तिपुर राष्ट्रिय दैनिकमा स्वास्थ्य बिटमा पाँच वर्ष पत्रकारिता गरेकी थिइन् ।
उनी केही महिनादेखि लण्डनमा बसोबासरत छिन् ।
बानुले पत्रकारितामा स्नातक तथा अंग्रेजी साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् । हाल उनी अल्स्टर विश्वविद्यालयबाट एमबीए गर्दैछिन् ।
उनलाई वीनेपाली डटकमका निर्देशक नरेश खपाङ्गीमगरले वीनेपालीमा स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।
वीनेपाली डटकम अनलाइन पत्रिका बेलायतमा दर्ता भई विगत सात वर्षदेखि प्रकाशन हुँदै आएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’