एनआरएनए युकेको अधिवेसन एक साता सर्यो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अधिवेसन एक साता पर सरेको छ ।

यसअघि जुलाई १८ मा तोकिएको सो अधिवेसन प्राविधिक कारणले एकसाता स्थगन गर्न परेको महासचिव फडिन्द्र भट्टराईले आज जनाउनुभएको छ ।

महासचिव भट्टराईका अनुसार अब सो अधिवेसन २५ जुलाई आइतबार हुने भएको छ ।

अधिवेसन भर्चुअलरुपमा हुने छ ।

महासचिव भट्टराईले सो अधिवेसनमा सहभागिता जनाउन सबै पन्जीकृत सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री