लण्डन । इङल्याण्डमा आउँदो सोमबारदेखि लकडाउन सकिएपछि पनि लण्डनभित्र सन्चालन हुने सार्वजिनक यातायातमा भने अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।
लण्डनभित्रको सार्वजनिक यातायात सन्चालन गर्ने ट्रान्सपोर्ट फर लण्डनलाई लण्डनका मेयर सादिक खानले बुधबार बिहान त्यसो गर्न निर्देशन दिएका छन् ।
उनले धेरै परामर्शपछि सो निर्णय गरिएको र मास्क लगाउनले सँगै यात्रा गर्ने यात्रुहरु र यातायात सन्चालन गर्ने कर्मचारीहरुलाई सुरक्षित राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारले नै देशभर मास्क लगाउन अनिवार्य गरिदिएको भए सजिलो हुन्थ्यो भन्दै उनले आफू भर्खरै कोरोनाको महामारीबाट तङ्ग्रिदै गरेका लण्डनबासीलाई जोखिममा राख्न नसक्ने बताएका छन् । उनले धेरैवटा अध्ययनहरुले मास्कले संक्रमण रोक्ने देखाएको पनि जिकिर गरेका छन् ।
सरकारले भने सोमबारपछि सार्वजनिक यातायातमा मास्क लगाउने बारेमा निर्णय गर्ने सम्बन्धित यातायात सन्चालकहरुको दायित्व भएको बताएको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले यसअघि नै विभिन्न हवाइ सेवा सन्चालकहरुले जुलाई १९ पनि के गर्ने भन्ने बारेमा स्वतन्त्र रुपले निर्णय लिइसकेकाले ट्रान्सपोर्ट फर लण्डनको निर्णयलाई स्वाभाविक रुपमा लिएको बताए ।
ट्रान्सपोर्ट फर लण्डनले लण्डनभित्रको भूमिगत रेल, बस सेवा, लण्डनओभर ग्राउण्ड, ट्रामसेवा, टीएफएल रेल, डीएलआर, केवल कार लगायतका सार्वजनिक यातायातहरु सन्चालन गर्ने गर्दछ ।
गत वर्ष कोरोना महामारीका कारण लण्डनमा बस चलाउने दर्जनौँ बसचालकको ज्यान गएको थियो ।
ट्रान्सपोर्ट फर लण्डनको सिको गर्दै अरु यातायात सन्चालकहरुले पनि मास्क लगाउन अनिवार्य गर्ने हुन् कि भन्ने अनुमान गरिएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश