लण्डन । इङल्याण्डमा आउँदो सोमबारदेखि लकडाउन सकिएपछि पनि लण्डनभित्र सन्चालन हुने सार्वजिनक यातायातमा भने अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।
लण्डनभित्रको सार्वजनिक यातायात सन्चालन गर्ने ट्रान्सपोर्ट फर लण्डनलाई लण्डनका मेयर सादिक खानले बुधबार बिहान त्यसो गर्न निर्देशन दिएका छन् ।
उनले धेरै परामर्शपछि सो निर्णय गरिएको र मास्क लगाउनले सँगै यात्रा गर्ने यात्रुहरु र यातायात सन्चालन गर्ने कर्मचारीहरुलाई सुरक्षित राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारले नै देशभर मास्क लगाउन अनिवार्य गरिदिएको भए सजिलो हुन्थ्यो भन्दै उनले आफू भर्खरै कोरोनाको महामारीबाट तङ्ग्रिदै गरेका लण्डनबासीलाई जोखिममा राख्न नसक्ने बताएका छन् । उनले धेरैवटा अध्ययनहरुले मास्कले संक्रमण रोक्ने देखाएको पनि जिकिर गरेका छन् ।
सरकारले भने सोमबारपछि सार्वजनिक यातायातमा मास्क लगाउने बारेमा निर्णय गर्ने सम्बन्धित यातायात सन्चालकहरुको दायित्व भएको बताएको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले यसअघि नै विभिन्न हवाइ सेवा सन्चालकहरुले जुलाई १९ पनि के गर्ने भन्ने बारेमा स्वतन्त्र रुपले निर्णय लिइसकेकाले ट्रान्सपोर्ट फर लण्डनको निर्णयलाई स्वाभाविक रुपमा लिएको बताए ।
ट्रान्सपोर्ट फर लण्डनले लण्डनभित्रको भूमिगत रेल, बस सेवा, लण्डनओभर ग्राउण्ड, ट्रामसेवा, टीएफएल रेल, डीएलआर, केवल कार लगायतका सार्वजनिक यातायातहरु सन्चालन गर्ने गर्दछ ।
गत वर्ष कोरोना महामारीका कारण लण्डनमा बस चलाउने दर्जनौँ बसचालकको ज्यान गएको थियो ।
ट्रान्सपोर्ट फर लण्डनको सिको गर्दै अरु यातायात सन्चालकहरुले पनि मास्क लगाउन अनिवार्य गर्ने हुन् कि भन्ने अनुमान गरिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार