लण्डन । इङल्याण्डमा कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकाहरुलाई पहेँलो सूचीमा रहेका मुलुकहरुबाट फर्कँदा जुलाई १९ देखि आइसोलेसनमा बस्न नपर्ने भएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले आज बेलायती संसदमा बोल्दै सो घोषणा गरेका हुन् ।
तर यसरी यात्रा गर्ने यात्रुहरुले कोरोना टेष्ट भने गर्नपर्ने उनले स्पष्ट पारेका छन् ।
बेलायतले कोरोना भाइरसको संक्रमणको दर हेरी विभिन्न मुलुकहरुलाई हरियो, पहेँलो र रातो सूची राखेको छ । जसमध्ये हरियोमा बिना आइसोलेसन यात्रा गर्न पाइन्थ्यो भने पहेँलो सूचीमा रहेका मुलुकहरुमा यात्रा गर्दा घरमै आइसोलेसनमा बस्न पर्दथ्यो । नयाँ प्रावधानअनुसार अब पहेँलो सूचीमा रहेका मुलुकहरुबाट इङल्याण्ड आउँदा अब आइसोलेसनमा बस्नपर्ने छैन ।
तर नेपाललगायत रातो सूचीमा रहेका मुलुकहरुबाट इङल्याण्ड आउँदा होटलमा क्वारेन्टीनमा बस्नपर्ने नियम भने यथावतै रहेको मन्त्री सापले बताएका छन् ।
भारत, नेपाल लगायतका मुलुकहरुलाई बेलायतले रातो सूचीमा राखेको छ र त्यसको पुनरावलोकन जुलाई १५ मा हुँदैछ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने