लण्डन । प्रा डा सूर्य प्रसाद सुवेदी (क्युसी) दुई राष्ट्रिय र अन्तरराष्ट्रिय जिम्मेवारीमा नियुक्त हुनुभएको छ।
प्रा सुवेदीलाई नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय हित, पररास्ट्र नीति तथा रणनीतिक मामिला” विधाको “विशिष्ट विज्ञ” को रूपमा २०७८ श्रावण १ गतेदेखि लागु हुने गरि तीन वर्षका लागि नियुक्त गरेको छ।
नेपाल सरकारलाई राष्ट्रको नीति निर्माणमा प्रमाण (अनुसन्धान) मा आधारित सल्लाह सुझाव उपलब्ध गराउन उक्त प्रतिष्ठानको तीन वर्ष अघि स्थापना भएको हो। गत वर्ष पनि नेपाल सरकारले प्रा सुवेदीलाई नेपाल-भारत सीमा सम्बन्धि विज्ञ समूहको सदस्यमा नियुक्त गरेको थियो र उक्त विज्ञ समूहले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाई सकेको छ।
त्यसैगरी चीनको आर्थिक तथा व्यापार मध्यस्थता आयोगले उनलाई पाँच वर्षका लागि मध्यस्थकर्ताको रूपमा नियुक्ति गरेको छ। चीनको उक्त आयोगले वैदेशिक व्यापार र वैदेसिक लगानीसम्बन्धी विवादहरु सुल्झाउने काममा अग्रणी भूमिका निर्वाह गर्दछ।
यसअघि अक्सफोर्डको हार्ट प्रकाशन गृहले प्रकाशन गरेको प्रा सुवेदीको अन्तरराष्ट्रिय लगानी कानूनसम्बन्धी किताब चिनियाँ भाषामा अनुवाद भई पाँच वर्षअघि चीनमा प्रकाशन भइसकेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?