लण्डन । प्रा डा सूर्य प्रसाद सुवेदी (क्युसी) दुई राष्ट्रिय र अन्तरराष्ट्रिय जिम्मेवारीमा नियुक्त हुनुभएको छ।
प्रा सुवेदीलाई नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय हित, पररास्ट्र नीति तथा रणनीतिक मामिला” विधाको “विशिष्ट विज्ञ” को रूपमा २०७८ श्रावण १ गतेदेखि लागु हुने गरि तीन वर्षका लागि नियुक्त गरेको छ।
नेपाल सरकारलाई राष्ट्रको नीति निर्माणमा प्रमाण (अनुसन्धान) मा आधारित सल्लाह सुझाव उपलब्ध गराउन उक्त प्रतिष्ठानको तीन वर्ष अघि स्थापना भएको हो। गत वर्ष पनि नेपाल सरकारले प्रा सुवेदीलाई नेपाल-भारत सीमा सम्बन्धि विज्ञ समूहको सदस्यमा नियुक्त गरेको थियो र उक्त विज्ञ समूहले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाई सकेको छ।
त्यसैगरी चीनको आर्थिक तथा व्यापार मध्यस्थता आयोगले उनलाई पाँच वर्षका लागि मध्यस्थकर्ताको रूपमा नियुक्ति गरेको छ। चीनको उक्त आयोगले वैदेशिक व्यापार र वैदेसिक लगानीसम्बन्धी विवादहरु सुल्झाउने काममा अग्रणी भूमिका निर्वाह गर्दछ।
यसअघि अक्सफोर्डको हार्ट प्रकाशन गृहले प्रकाशन गरेको प्रा सुवेदीको अन्तरराष्ट्रिय लगानी कानूनसम्बन्धी किताब चिनियाँ भाषामा अनुवाद भई पाँच वर्षअघि चीनमा प्रकाशन भइसकेको छ ।
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ