तमु समाज युके आमा समूह विस्तार


लण्डन । तमु समाज युकेको आमा समूहलाई विस्तार गरिएको छ ।

समूहको शनिबार वेम्व्लीस्थित सामुदायिक भवनमा बसेको बैठकले गत २७ जुनमा सम्पन्न महाधिवेशनले उमादेवी गुरुङको अध्यक्षता गठित कार्यसमितिलाई पूर्णता दिएको हो । बैठकको अध्यक्षता श्रीमती उमादेवी गुरुङले र सन्चालन सचिव श्रीमती मिरा गुरुङले गर्नुभएको थियो । अहिले पूर्णता पाएको कार्यसमितिमा
अध्यक्ष : श्रीमती उमा देवी गुरुङ
उपाध्यक्ष: श्रीमती मथुरा गुरुङ
कोषाध्यक्ष: सुश्री बिवा गुरुङ
सचिव: श्रीमती मीरा गुरुङ

कार्यसमितिको सदस्यहरुमा
१. श्रीमती पदममाया गुरुङ
२. श्रीमती लक्ष्मी गुरुङ (क)
३. श्रीमती गोमा गुरुङ
४. श्रीमती पञ्जा गुरुङ
५. श्रीमती कृष्ण गुरुङ
६. श्रीमती माया गुरुङ
७. श्रीमती भद्रा गुरुङ
८. श्रीमती लक्ष्मी गुरुङ (ख)
९. श्रीमती बत्ती गुरुङ
१०. सुश्री रमिला गुरुङ
११. श्रीमती शारदा गुरुङ
१२. श्रीमती रोजी गुरुङ
१३. श्रीमती बबी गुरुङ
१४. श्रीमती काशी गुरुङ
१५. श्रीमती सुनिता गुरुङ
१६. श्रीमती मैता गुरुङ
१७. श्रीमती सारा गुरुङ
१८. श्रीमती ऋतु गुरुङ
१९. श्रीमती खुशी गुरुङ
२०. श्रीमती चन्चला गुरुङ

यस्तै सल्लाहकारहरुमा

१. श्रीमती बिन्दु घले (निवर्तमान आमा समुह अध्यक्ष तथा वर्तमान तमु समाज युके मूल समिति, उपाध्यक्ष)
२. श्रीमती माया गुरुङ (पूर्व आमा समुह अध्यक्ष)
३. श्रीमती विजु गुरुङ (पूर्व तमु समाज यु के का उपाध्यक्ष)
४. श्रीमती विमला गुरुङ (निवर्तमान आमा समुह कोषाध्यक्ष)
५. श्रीमती मन कुमारी गुरुङ
६. श्रीमती लील कुमारी गुरुङ
७. श्रीमती राज कुमारी गुरुङ
८. सुश्री टीका गुरुङ
९. श्रीमती सूर्य कुमारी गुरुङ
१०. श्रीमती जयन्ति गुरुङ
११. श्रीमती ईश्वरी गुरुङ
१२. श्रीमती कमला गुरुङ
१३. श्रीमती रेनुमाया गुरुङ
१४. श्रीमती विष्णुमती गुरुङ
१५. श्रीमती पुष्प गुरुङ
१६. श्रीमती इच्छा गुरुङ
१७. श्रीमती तुलसी गुरुङ
१८. श्रीमती कुमारी गुरुङ
१९. श्रीमती मीना गुरुङ

उक्त कार्यक्रममै नयाँ कार्यसमितिको अध्यक्ष श्रीमती उमादेवी गुरुङ र वहाँको अध्यक्षताको समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएर सम्मान गरिएको थियो भने हालै निवर्तमान हुनु भएका आमा समुहका अध्यक्ष श्रीमती बिन्दु घले र वहाँको कार्यसमितिलाई खादा, फूल दिएर विदाई गरिएको थियो।

यसैक्रममा छैटौं महाधिवेसनबाट तमु समाज युकेको अध्यक्ष पदमा निर्वाचित हुनु भएका शिवकुमार गुरुङ र वहाँको धर्मपत्नी श्रीमती मिना गुरुङलाई आमा समूहका अध्यक्ष श्रीमती उमादेवी गुरुङबाट खादा, फूल र फेटा लगाई बधाई दिइएको थियो भने निवर्तमान अध्यक्ष शिवचंद्र गुरुङ साथै वहाँको श्रीमती मिरा गुरुङ दम्पत्तिलाई खादा, फूल र फेटा लगाएर धन्यबादसहित विदाई गरिएको थियो । उक्त कार्यक्रममै तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई संस्थाकै अभिभावक भनेर आमा समूहका अध्यक्ष श्रीमती उमादेवी गुरुङबाट खादा, फूल र फेटा लगाएर सम्मान गरिएको थियो।

यसैक्रममा नयाँ कार्यसमितिको अध्यक्ष र कार्यसमितिको साथै निवर्तमान कार्यसमितिलाई अति उच्च कार्य गरेकोमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, नवनिर्वाचित अध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचंद्र गुरुङ र स्पोर्ट्स संयोजक हरिमान गुरुङले उच्चा प्रशंसासहित धन्यवाद दिएपछि निवर्तमान कोषाध्यक्ष श्रीमती विमला गुरुङले नवनिर्वाचित कोषाध्यक्ष सुश्री विबा गुरुङलाई सम्पूर्ण हिसाबकिताबहरु र रकम हस्तान्तरण गरेकी थिइन् ।

अन्तमा आमा समूहका उपाध्यक्ष श्रीमती मथुरा गुरुङले धन्यवाद मन्तब्य दिएर कार्यक्रमको अन्त्य गरिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री