धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध

लण्डन । धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन ।

शनिबार सम्पन्न परिवारको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा भगवान गुरुङ, दोश्रो उपाध्यक्षमा आईबहादुर गुरुङ, सचिवमा श्रीमती हरिमाया (भावाना) गुरुङ, सहसचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा रामबहादुर गुरुङ, सहकोषाध्यक्षमा टिका (बोता) गुरुङ, साँस्कृतिक संयोजकमा श्रीमती पबित्र गुरुङ, साँस्कृतिक सहसंयोजकमा श्रीमती मीना गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा हर्क गुरुङ र याम गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी कार्यसमितिमा सदस्यहरुमा थमन गुरुङ, अमृतमान गुरुङ, नमराज गुरुङ, दिपेन्द्र गुरुङ र बिकास गुरुङ चुनिएका छन् ।

साधारणसभाको पहिलो चरणमा कोषाध्यक्ष आईबहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव भगवान गुरुङले परिवारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।साधारणसभामा सदस्यहरुले परिवारको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिंदै हालसम्म भइरहेका र हुँदै गरेका गतिविधिप्रति खुशी प्रकट गर्दै तेश्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । कार्यक्रमको अन्तमा अध्यक्ष गमबहादुर गुरुङले धन्यवाद मन्तब्य दिंदै तेश्रो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।

दोश्रो चरणमा परिवारको चौथो कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङ, निवर्तमान अध्यक्ष गुप्तबहादुर गुरुङ, परिवारको सबैभन्दा जेष्ठ नागरिक ले. रि. जसबहादुर गुरुङ र सहारा यूकेका अध्यक्ष कुमार गुरुङले चौथौ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए । निर्वाचन परिणाम घोषणापश्चात निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङले निर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई सफल बनाईदिएकोमा अभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । त्यसैगरी परिवारका सल्लाहकार सहारा यूकेका वर्तमान अध्यक्ष कुमार गुरुङले पनि शुभकामना मन्तब्य दिएका थिए । अन्तमा परिवारको नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङले सर्वसम्मत परिवारको अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।

गोलमान गुरुङ तमू समाज केन्ट यूके र धम्पुस परिवार यूकेका वर्तमान महासचिव पनि हुन् ।

परिवारलाई हालसम्म दुर्गमल गुरुङ, गुप्तबहादुर गुरुङ र गम बहादुर गुरुङले नेतृत्व गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री