पाँचौं पीपल गल्फ च्याम्पियनशिप जुलाई ३१ मा

लन्डन । बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार बेजिंगस्टोकस्थित शेरफिल्ड ओक मैदानमा हुने भएको छ ।

गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने प्रतियोगितामा डिभिजन ए, बी र सी गरी तीन फरक फरक समूहमा बेलायतवासी नेपाली खेलाडीहरुबीच प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताको ‘ग्रस विजेता’ लाई पुरस्कारस्वरुप तीन सय पाउण्ड र ‘ग्रस फर्स्ट रनर अप’ लाई डेढ सय पाउण्ड तथा ‘नेट विजेता’ लाई तीन सय र ‘नेट रनर अप’ लाई डेढ सय पाउण्ड नगदसहित ट्रफीहरु प्रदान गरिनेछ ।

त्यस्तै, डिभिजन ए, बी र सीतर्फ हरेक विधामा विजेतालाई डेढ सय पाउण्ड, पहिलो रनर अपलाई एक सय पाउण्ड तथा दोस्रो रनर अपलाई ७५ पाउण्डको नगद एवम् ट्रफीसहितको पुरस्कार दिइनेछ । प्रतियोगितामा सिनियर तथा खुलातर्फ गरी दुई विधामा ‘लंगेस्ट ड्राइभ वीनर’ लाई ५० पाउण्ड नगद र ट्रफीको पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, ‘निअरेस्ट टु द पिन’ का आधारमा ‘पार थ्री’ र ‘पार फोर’ तर्फका उत्कृष्टलाई ५० पाउण्डका दरले नगद र ट्रफी दिइनेछ । ‘सिनियर वीनर’ का लागि पनि ट्रफी र एक सय पाउण्ड नगदको छुट्टै पुरस्कार व्यवस्था छ ।

प्रतियोगितामा सहभागी बन्न ईच्छुक खेलाडीहरुले आयोजक समूहका गीताजंग गुरुङलाई 07825744058 मा सम्पर्क गर्न सक्नेछन् । आयोजक गोर्खा गल्फ सोसाइटीले बेलायतभरका ईच्छुक नेपालीलाई सहभागिताको लागि आव्हान गरेको छ । प्रतियोगितालाई हरेक वर्ष प्रायोजन गर्दै आएको पीपल मोर्गेजेजका निर्देशक सूर्यप्रकाश गुरुङ बेलायतको नेपाली समुदायमा गल्फ खेलप्रतिको आकर्षण बढाउन प्रतियोगिता सहयोगी बन्नेमा आशावादी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री