तमु समाज युकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित

लण्डन । तमु समाज युकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित भएका छन् ।

समाजको आइतबार लण्डनमा सम्पन्न छैटौँ महाधिवेसन तथा १४ ओैं साधारणसभाले उहाँको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको प्रथम उपाध्यक्ष हर्कबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा भीमबहादुर गुरुङ  र तृतीय उपाध्यक्षमा बिन्दु घले, महासचिवमा धरम बल गुरुङ, सचिवमा सुबा घले, कोषाध्यक्षमा खेमबहादुर गुरुङ,  सहकोषाध्यक्षमा रूबिन गुरुङ निर्वाचित भएका छन् । यसैगरी आमा समूहको अध्यक्षमा उमा गुरुङ, उपाध्यक्षमा मथुरा गुरुङ, सचिवमा मिरा गुरुङ र कोषाध्यक्षमा बिबा गुरुङ चयन भएका छन् । यस्तै कमलबहादुर गुरुङ, खेलकुद सचिव/खाद्य संयोजक हरिमान गुरुङ, युवा समूहका अध्यक्ष ओमकार गुरुङ, मिडिया संयोजक नारायणसिंह गुरुङ, सुरक्षा अधिकारी बुद्धिबहादुर गुरुङ, वेब मास्टर यामबहादुर गुरुङ, कार्य समिति सदस्यहरुमा श्रीमती सूर्यकुमारी गुरुङ, पदमबहादुर गुरुङ, नरबहादुर गुरुङ, खेमराज गुरुङ, गंगाबहादुर गुरुङ, जङ्गबहादुर गुरुङ, श्रीमती पृतम गुरुङ, श्रीमती भद्रकुमारी गुरुङ र श्रीमती मनकुमारी गुरुङ रहेका छन् ।

क्षेत्रिय प्रतिनिधिहरुमा ह्यमसायरमा हितमान गुरुङ, ननिटनमा महेश घले र बर्कसायरमा मिठु गुरुङ चुनिएका छन् ।

नवगठित कार्यसमिति २५ सदस्सीय रहेको छ ।

यसअघि सम्पन्न साधारणसभामा समाजको प्रगति प्रतिवेदन महासचिव हर्कबहादुर गुरुङ, आमा समूहको प्रतिवेदन अध्यक्ष विन्दू घले तथा आर्थिक प्रतिवेदन याम गुरुङले प्रस्तुत गर्नुभएको थियो । हाउजिङ कोअर्डिनेटर शिवकुमार गुरुङले हाउजिङको प्रतिवेदन पेश गरेका थिए भने साधारणसभाले ती प्रतिवेदनहरु पारित गरेको थियो । निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङले आफ्नो कार्यकालमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंशापत्र प्रदान गर्नुभयो ।

नयाँ कार्यसमिति चयनका लागि लेफ्टिनेण्ट रिटायर्ड थमप्रसाद गुरुङ संयोजक र पूर्वअध्यक्ष अर्जुन गुरुङ सचिव र केदारबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

सन् २००७ मा लण्डनमा स्थापित तमु समाज युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको संस्था हो । विभिन्न सामाजिक कार्यमा संलग्न संस्थाले स्थानीय काउन्सिलबाट भवन पाएको छ भने आफ्नै स्रोतबाट अर्को भवन पनि खरिद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री