लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेले सुप्रमा-ईप्रमा पुरस्कार २०२१ का लागि बेलायतबाट प्रकाशित पुस्तकहरु पठाउन सर्जकहरुलाई आह्वान गरेको छ ।
समाजले बेलायतमा रहेका सर्जकहरुबाट मे २०२० देखि मे २०२१ सम्ममा प्रकाशित कृतिहरु पठाउन आह्वान गरेको हो ।
समाजका अध्यक्ष लाराको सभापतित्वमा शुक्रबार बसेको बैठकले स्रष्टाहरुलाई तीन थान कृति पठाउन अनुरोध गर्ने निर्णय गरेको संस्थाका सल्लाहकार तथा पुरस्कार समिति संयोजक डा रुपक श्रेष्ठले जनाए।
बेलायतका अग्रज नेपाली साहित्यकार ईश्वरप्रसाद मानन्धरबाट आफ्नो स्वर्गीय बुवा सुन्दरप्रसाद मानन्धरको सम्मानमा सन् २०१२ मा स्थापना गरिएको सो पुरस्कारको राशी £२५१ रहेको छ । सो पुरस्कार हाल ईश्वर मानन्धरकी धर्मपत्नी जानकी तथा मानन्धर परिवारबाट संचालित भैरहेको छ।
सो पुरस्कारबाट मुकेश राई – २०१४, दुर्गा प्रसाद पोख्रेल – २०१५, केदार संकेत – २०१६, कृष्ण बजगाई – २०१७, डा सुमाया राई – २०१८, नृपेश उप्रेती – २०१९, देवेन्द्र खेरेस – २०२० बाट पुरस्कृत भैसकेका छन्।
सर्जकहरुले जुलाई ७ भित्र निम्न ठेगानामा पुस्तक पठाउनु पर्नेछ । 7 Upper Town Road, Greenford, UB6 9JE
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने