लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेले सुप्रमा-ईप्रमा पुरस्कार २०२१ का लागि बेलायतबाट प्रकाशित पुस्तकहरु पठाउन सर्जकहरुलाई आह्वान गरेको छ ।
समाजले बेलायतमा रहेका सर्जकहरुबाट मे २०२० देखि मे २०२१ सम्ममा प्रकाशित कृतिहरु पठाउन आह्वान गरेको हो ।
समाजका अध्यक्ष लाराको सभापतित्वमा शुक्रबार बसेको बैठकले स्रष्टाहरुलाई तीन थान कृति पठाउन अनुरोध गर्ने निर्णय गरेको संस्थाका सल्लाहकार तथा पुरस्कार समिति संयोजक डा रुपक श्रेष्ठले जनाए।
बेलायतका अग्रज नेपाली साहित्यकार ईश्वरप्रसाद मानन्धरबाट आफ्नो स्वर्गीय बुवा सुन्दरप्रसाद मानन्धरको सम्मानमा सन् २०१२ मा स्थापना गरिएको सो पुरस्कारको राशी £२५१ रहेको छ । सो पुरस्कार हाल ईश्वर मानन्धरकी धर्मपत्नी जानकी तथा मानन्धर परिवारबाट संचालित भैरहेको छ।
सो पुरस्कारबाट मुकेश राई – २०१४, दुर्गा प्रसाद पोख्रेल – २०१५, केदार संकेत – २०१६, कृष्ण बजगाई – २०१७, डा सुमाया राई – २०१८, नृपेश उप्रेती – २०१९, देवेन्द्र खेरेस – २०२० बाट पुरस्कृत भैसकेका छन्।
सर्जकहरुले जुलाई ७ भित्र निम्न ठेगानामा पुस्तक पठाउनु पर्नेछ । 7 Upper Town Road, Greenford, UB6 9JE
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित