लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले नेपाल पत्रकार महासंघ यूकेको पाँचौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको छ ।
परिषदको सचिवालय बैठकले बधाइ तथा शुभकामना प्रस्ताव पारित गरेको परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र महासचिव वीरेन्द्र कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी बेलायतस्थित समस्त साहित्यकार तथा सर्जकहरूको तर्फबाट सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरिएको छ ।
परिषदले सफलतापूर्वक आफ्नो दुई कार्यकाल पूरा गरेका निवर्तमान अध्यक्ष नरेश खपांगी मगर र उनको कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति सराहना समेत ब्यक्त गरेको छ ।
गत आइतबार सम्पन्न शाखाको पांचौं अधिवेशनले ध्रुवराज अर्यालको अध्यक्षतामा नयां कार्यसमिति निर्वाचित गरेको थियो । जसमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, महिला उपाध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्रकुमार बस्नेत, सचिव मञ्जु भण्डारी खरेल, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष सविन्द्रकुमार गुरूङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र कार्यकारिणी सदस्यहरुमा गोमा राना, नरेन्द्रराज नेम्वाङ र जयराम तामाङ छन् ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]