लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले नेपाल पत्रकार महासंघ यूकेको पाँचौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको छ ।
परिषदको सचिवालय बैठकले बधाइ तथा शुभकामना प्रस्ताव पारित गरेको परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र महासचिव वीरेन्द्र कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी बेलायतस्थित समस्त साहित्यकार तथा सर्जकहरूको तर्फबाट सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरिएको छ ।
परिषदले सफलतापूर्वक आफ्नो दुई कार्यकाल पूरा गरेका निवर्तमान अध्यक्ष नरेश खपांगी मगर र उनको कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति सराहना समेत ब्यक्त गरेको छ ।
गत आइतबार सम्पन्न शाखाको पांचौं अधिवेशनले ध्रुवराज अर्यालको अध्यक्षतामा नयां कार्यसमिति निर्वाचित गरेको थियो । जसमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, महिला उपाध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्रकुमार बस्नेत, सचिव मञ्जु भण्डारी खरेल, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष सविन्द्रकुमार गुरूङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र कार्यकारिणी सदस्यहरुमा गोमा राना, नरेन्द्रराज नेम्वाङ र जयराम तामाङ छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार