लन्डन । रेडिङ नेपाली समाज (जी आर एन सी ए) ले नेपालको कोभिडविरुद्ध लडाईंमा साथ दिंदै स्वास्थ्य उपकरण नेपाल पठाएको छ ।
समाजले १० लिटर क्षमताको ५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको हो ।
समाजका अध्यक्ष टेक गुरुङका अनुसार नवलपरासी डाँडासुस्ता पूर्वस्थित मध्यविन्दु जिल्ला अस्पताललाई ती कन्सनट्रेटरहरु हस्तान्तरण गरिसकेको छ । नेपालमा रहेका स्वयंसेवक तथा संयोजक डा. पुष्पमणी खरालको संयोजनमा गत १४ जुनमा अस्पताललाई उपकरण दिइएको हो ।
जीआरएनसीएले कोभिड १९ महामारीका बेला महावीर पुनको च्यारिटी संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख रुपैयां सहयोग गरेको थियो ।
सन् २००१ मा स्थापित उक्त संस्था सन् २००८ मा च्यारिटी कमिसनमा दर्ता भएपछि यसले सामाजिक कार्यलाई तीव्रता दिइरहेको छ ।
समाजका ५५ स्वयंसेवकहरुको टिमले रेडिङ र हवीट्ली पिसिएन सेन्टरमा १८ हप्ता भन्दा बढी स्वयंसेवा गरेपछि ‘पिपुल्स् अवार्ड’ समेत पाएको थियो ।
समाजका कार्यवाहक महासचिव मणी सुवेदीमार्फत स्वयंसेवा भएको थियो ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार