लण्डन । धादिङ नुवाकोट समाज यूके अध्यक्षमा धनबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन्।
संस्थाको पाचौं अधिवेशनले पूर्व धुवाकोट गाविस अध्यक्ष, गाविस राष्ट्रिय महासंघका केन्द्रिय कोषाध्यक्ष तथा जिल्लामा विकास र जनप्रेमी मानिने समाजसेवी तामाङलाई निर्वाचित गरेको हो । उपाध्यक्षहरुमा गोलबहादुर तामाङ, मोतिमान बज्राचार्य र शंकरजङ लामा, महासचिवमा बुद्धिबहादुर तामाङ, पदमा तामाङ/ शर्मिला मम्बा, कोषाध्यक्ष शेर पाख्रिन र सहकोषाध्यक्षमा राजु मम्बा निर्विरोध भएको समाजले जनाएको छ ।
त्यसैगरी, मनोरन्जन संयोजकमा कृष्ण पाख्रिन, सन्तोक गुरुङ, बिरू गोम्जा, अनिल गुरुङ र मिलन गोम्जा, पेयमा भोक्टेनी सन्तोष तामाङ र परिवार, खाद्यमा सन्त तामाङ, दल ब्लेनथेन (सहायक), मिडिया तथा वेब डिजाइनमा थमु गुरुङ चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा अल्डरसट र फार्नबोरोका लागि सूर्य थोक्रा र रत्न गुरुङ, लण्डनका लागि राधा गाल्थेन, स्विन्डनका लागि नन्द तामाङ र सपना पाख्रिन, रेडिङका लागि पूर्ण पाख्रिन, कोर्बीका लागि देवान र सुरथा तामाङ तथा लेस्टरका लागि चम्पा र दिपा थापा मगर तथा ननिंगटनका लागि सन्तोक गुरुङ छनोट भएका छन्।
निर्वाचन समितिमा पूर्व संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्व अध्यक्षहरु बमगुरुङ र रामबहादुर गुरुङ तथा सल्लाहकार रामशरण सिम्खडा थिए । कार्यक्रममा संस्थाका सचिव बुद्धिबहादुर तामाङले स्वागत मन्तब्य दिएका थिए भने सल्लाहकार मेजर रिटायर्ड बिष्णु बहादुर घलेले संस्थालाई कसरी लैजाने भन्नेबारे आफ्नो सल्लाह सुझाव राखेका थिए । संस्थाका अध्यक्ष सीबी तामाङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यबाद दिंदै नयाँ कार्यसमितिलाई शुभकामना र बधाई ज्ञापन गरे । भर्चुअल रुपमा भएको महाधिवेशनमा प्रगति विवरण र आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्यकालको ‘रोड म्याप’ समेत प्रस्तुत गरिएको थियो ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]