
लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०२१ को लागि अभिव्यक्ति श्रृङ्खला भाग–१३ गत शनिबार १२ जुनका दिन भव्यताका सम्पन्न गरेको छ।
भर्चुअल रुपमा जूममार्फत सम्पन्न भएको सो समारोहका मुख्य नायक वा अभिव्यक्ति स्रष्टा वरिष्ठ कवि तथा गीतकार कोमलप्रसाद श्रेष्ठ मल्ल निराकार हुनुहुन्थ्यो। विक्रम सम्बत २०१६ सालमा दिपायल नगरपालिका – २, सिलगढी बजार, डोटीमा जन्मनुभएका कवि मल्ल हाल बेलायतको लण्डनमा बस्तै आउनुभएको छ। गीत, गजल, कविता, मुक्तक र कथा विधामा बरोबरी कलम चलाउने श्रष्टा मल्लका नौ वटा कृतिहरु प्रकाशित छन्। स्रष्टा मल्लले नेपाली साहित्यमा दिनुभएको योगदानको कदर गर्दै यस वर्षको अभिव्यक्ति सम्मान – २०२१ उहाँलाई प्रदान गरिएको हो। सम्मानित कवि मल्लले दुई चरणमा आफ्ना उत्कृष्ट केही कविता, मुक्तक र गीति रचनाहरुको प्रस्तुति दिनुभएको थियो भने युवा गायक तथा संगीतकार बिसी राईले एउटा गीत गायनको प्रस्तुति समेत गरेका थिए।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष साहित्यकार गणेश राईको सभापतित्व र वरिष्ठ संचार कर्मी तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीको आतिथ्यमा सो समारोह सम्पन्न भएको हो। साढे दुई घण्टा चलेको उक्त कार्यक्रमका अन्य अतिथिहरुमा विशेष अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ कवि शशि लुमुम्बू, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष– जंग सुनुवार, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष साहित्यकार सुरेशजंग शाह, यति नेपाली एशोसियशनका अध्यक्ष ध्रुव केसी, कोशेली सास्कृतिक परिवारका अध्यक्ष शर्मिला सिंह, इस्ट लण्डन नेपाली (गोर्खा) समाजका अध्यक्ष दिलकुमार इवाराम, आमचोक चौतारी समाज, युकेका अध्यक्ष सनबीर राई, नेपाली बाङ्मय प्रतिष्ठान बेलायतका महासचिव जयालक्ष्मी राई, नेपाली साहित्य विकास परिषद् यूकेका निवर्तमान अध्यक्ष हरिसिंह थापा र वरिष्ठ गीतकार टीका चाम्लिङ्ग रहनुभएको थियो।
स्थापनाकालदेखि नै प्रतिभा प्रतिष्ठानले निमियत रुपमा हरेक वर्ष गर्दै आएको ‘अभिव्यक्ति शृङ्खला’मा यसअघि चोक गुरूङ, दयाकृष्ण राई, टंक वनेम, किशोर गुरूङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा, रक्ष राई, निर्मला परिवेश राई, डा. रूपक श्रेष्ठ, गणेश राई र जानु कम्बाङ्ग लिम्बू प्रस्तुत भइसकेका छन् ।
पहिलो र तेस्रो चरणको कार्यक्रम प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसले र दोस्रो चरणको कार्यक्रम सचिव नरेश नातिले सञ्चालन गरेका थिए भने उपाध्यक्ष टंक वनेमले स्वागत मन्तब्य राखेका थिए।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]