लण्डन । तनहुँ समाज युकेले तनहुँका सबै स्थानिय निकायमा रहेका आइसोलेसन केन्द्रहरुमा अक्सिजन सिलिण्डर तथा स्वास्थ्यसामग्री सहयोग गर्ने भएको छ ।
समाजका अध्यक्ष लेख गुरुङका अनुसार बेलायतमा रहेका समाजका सदस्यहरुबाट सहयोग संकलन गरी सहयोग गर्न लागिएको हो ।
समाजले कोरोना भाइरसको संक्रमणका कारण तनहुँका विभिन्न स्थानमा मानिसहरु प्रभावित भएको भन्दै उनीहरुको उपचारमा सघाउन यस्तो सहयोग गर्न लागिएको हो । यसरी संकलित रकम सबै स्थानिय निकायमा न्यायपूर्ण रुपमा वितरण गरिने पनि समाजले जनाएको छ ।
समाजले संकलन गरेको ४ हजार ८८५ पाउण्ड नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाका सभापति इन्द्रबहादुर आलेमार्फत तनहुँ उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिने र संघमार्फत आइसोलेसन केन्द्रहरुमा पुर्याइने छ ।
समाजले सहयोगदाताहरुलाई हार्दिक धन्यवाद दिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?