लण्डन । इलाम जिल्लाको कोरोना पीडितहरुको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
समाजकी अध्यक्ष प्रमिला लाबुङ राईले सो जानकारी दिनुभएको हो । उहाँको अनुसार इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको निम्ती प्रत्येकलाई दुई/ दुई थान अक्सिजन कन्सन्ट्रेटर र दस/ दस थान अक्सिमिटर प्रदान गरिने छ । जसको निम्ती जम्मा २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाटै पठाइदैछ । ती सामग्रीहरु बेलायतका निम्ती नेपाली राजदुतावासको पहलमा बेलायतबाट नेपालसम्म पुर्याइनेछ भने काठमाण्डौबाट इलामसम्म पुर्याई सम्बन्धित नगर तथा गाउँपालिकालाई वितरण गर्नको निम्ती सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जिम्मेवारी वहन गर्नु हुने छ । जसको निम्ती सम्पूर्ण सामाग्री र आवश्यक कागजपत्रहरु तयार भइसकेको छ र ती सामाग्रीहरु यथासक्य नेपाल प्रस्थान हुने पनि अध्यक्ष राईले जानकारी दिनु भयो ।
सन् २००९ मा गठित इलाम समाज बेलायतले देशमा भैपरी आएका हरेक विपत्तिलगायत गम्भिर अवस्थाका विमारीहरुको उपचारार्थ सहयोग पुर्याउँदै आएको छ । जसमा उल्लेखनीय रुपमा प्रत्येक गाविसहरुको निम्ती स्ट्रेचर वितरण, इलामको गोदकस्थित वृद्धाश्रमको निम्ती अत्यावश्यक सामाग्रीहरु, महाभुकम्पको समयमा आर्थिक सहयोग, जिल्लाका विभिन्न स्थानहरुमा भएका आगलागीमा परेका पीडितहरुको निम्ती आर्थिक र भौतिक सहयोग, जिल्लाव्यापी फुटबल प्रतियोगिताको निम्ती आर्थिक सहयोग जस्ता कार्यहरु छन् । इलामलाई पर्यटकीय स्थलको रुपमा विश्वसामु चिनारी दिलाउने हेतुले “इलाम हाम्रो पहिचान” नामक इलाम जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विषेश व्यक्तित्वहरुलाई समेटेर वृत्तचित्र निर्माण पनि गरेको छ । बेलायतमा बसोबास गरिआएका इलामेहरुको ऐक्यवद्धताको प्रतीक मानिने यो संस्था विशुद्ध सामाजिक संस्था हो सोही अनुरुप सामाजिक कार्यहरुमा अग्रसरतापूर्वक संस्थाका सदस्यहरु मात्रै नभएर सम्पूर्ण बेलायतबासी इलामेहरुले हरेक सुखदुखमा आर्थिक, भौतिक र मानसिक रुपले यस्ता सत्कार्यमा हातेमालो गर्ने गरेका छन् । यो पटक पनि सदस्यहरुकै आर्थिक सहयोग संकलनबाट कार्य सफलतामा अग्रसर भइरहेकोमा अध्यक्ष राईले खुशी साथै बेलायतवासी सम्पूर्ण इलामेहरुप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् र आगामी दिनहरुमा पनि अझै सशक्त रुपले ऐक्यबद्ध रही अगाडी बढ्ने कुरोमा आफू विश्वस्त रहेकी बताएकी छिन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट