लण्डन । युके निवासी नेपाली ब्लगर लेक्स लिम्बुले आज जुन १ तारिखमा आफ्नो नयाँ भिडियो गौरव सार्वजनिक गर्दै गौरवको महिना मनाउँदैछन् ।
गौरव महिना विश्वभरका सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुको उत्सवप्रति समर्पित छ । लिम्बु र अविस्कार राई अभिनित भिडियोमा दुईजना समयौनिक पुरुषहरुबीचको प्रेमलाई दर्शाइएको छ भने विशेष उपस्थीतिका रुपमा लिम्बुका आफ्नै बुबाआमालाई समेत देख्न सकिन्छ ।
विज्ञापन शैलीको उक्त छोटो भिडियोको निर्देशन रामुना पुनले गरेका हुन् भने सुशान्त विष्टको साउण्डट्रयाक ‘म तिम्रोको’ समेत मिश्रण रहेको छ । यो भिडियोको छायांकन युकेको ह्याम्पशायरमा चाउटन भिलेजमा गरिएको हो ।
लिम्बुले सन् २०१८ मा एउटा युट्युब भिडियो सार्वजनिक गर्दै आफ्नो यौन झुकावबारे सार्वजनिक गरेका थिए ।
लिम्बु भन्छन् – ‘सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुका प्रति र अहिलेसम्मको हाम्रा यात्राप्रति ध्यान केन्द्रीत गर्न गौरवको महिना उत्तम तरिका हो । जब तपाई आफू जो हो त्यसमा गर्व गर्न सक्नुहुन्छ, त्यो कति सुन्दर हुनसक्छ भन्ने यो छोटो भिडियोमार्फत मैले सार्वजनिक गर्न चाहेको हुँ । यद्यपि सुरुमा मैले मेरो भिडियोसँगै देखापर्ने व्यक्ति खोज्नका लागि संघर्ष गर्नुपरेको थियो । आविस्कार यो परियोजनाका लागि आउँदा म ढुक्क भएँ ।’
निर्देशक रामुना आफ्नो अनुभव बाँड्दै भन्छिन् – ‘जब लेक्सले यो भिडियो गौरवका लागि मसँग सम्पर्क गरे, तब म कथाको सरलताबाट तुरुन्तै आकर्षिक भएँ । व्यापक सन्दर्भमा यसको वजन निकै भारी थियो । तर चारैजना पात्रहरुबीच साटासाट गरिएको भावनाको तरलता वास्तविक, विश्वसनीय, कच्चा र सबै कुरा सरल बनाउने खालको छ । मैले यो कथालाई प्रेमका साथ बुझें र छायांकन गरें । म सबैले यो कथालाई यसैगरी स्वीकार गर्ने अपेक्षा गर्दछु । मेरा लागि गौरव भनेको तपाई आफू जो हो त्यही हुने र तपाईले जे चाहेको यो उसलाई प्रेम गर्ने धारणा हो । न त धेरै, न त अरु कुनै ।’
भिडियोमा गौरवको रुपमा अभिनय गरेका आविस्कार आफ्नो अनुभव बाँड्दै भन्छन् – ‘गौरवको महिनाले पहिले तपाई आफैँमा को हो भन्ने स्वीकारोक्तिलाई प्रतिनिधित्व गर्छ । साथै तपाईमात्र एक्लो हुनुहुन्न भन्ने महसुस गराउने चीजलाई प्रतिनिधित्व गर्छ । तपाई भन्न सक्नुहुन्छ कि किन मैले यो भिडियोमा काम गरें? यद्यपि नेपाली समुदायमा सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुलाई सचेत बनाइएको छ तर मेरो विचारमा यो अझै पनि संवेदनशील विषय हो । यो भिडियो बनाएर र यसरी प्रस्तुत गरेर यसले मान्छेको सोंचमा विस्तारै परिवर्तन ल्याउने र मान्छेहरुलाई यसविषयमा अझ बढी सहज बनाउने आशा छ ।’
अमेरिका बाहिरका धेरै मानिसका लागि समयौनिक व्यक्तिहरुको अधिकारहरु परिवर्तन गर्न सफल प्रदर्शनका रुपमा परिचित स्टोनवाल विद्रोह भएको महिना जुन महिनालाई गौरवको महिनाका रुपमा छानिएको हो । पछिल्ला वर्षहरुमा जुन महिनाको दोस्रो शनिबारलार्ई नेपाल गौरव यात्राका रुपमा मनाइँदै आएको छ । सन् २०१९ देखि गौरव यात्रा काठमाडौँमा मनाइँदै आएको छ।
रिलमा प्रेमीप्रेमिका भए पनि लेक्स लिम्बु र आविस्कार राई वास्तविक जीवनमा प्रेमसम्बन्धमा भने छैनन् ।
भिडियो हेर्न तलको लिङ्क हेर्नुहोला ।
https://www.youtube.com/watch?v=d1jJIvFLVLY
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]