खोटाङ सेवा समाज युकेले सबै स्थानिय निकायमा अक्सिजन कन्सन्ट्रेटर दिने

लण्डन । खोटाङ सेवा समाज (खोसेस) यूकेले खोटाङका सबै स्थानीय निकायहरुमा अक्सिजन कन्सन्ट्रेटर मेशिन उपलब्ध गराउने भएको छ। २९ मे, २०२१ शनिवारको दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको विचार सुनेपछीको निष्कर्ष सुनाउँदै समाजका अध्यक्ष डा. प्रमोद कोयी राईले सो कुरा बताउनु भएको हो। हाल खोटाङमा दुई नगरपालिका रआठ गाउँपालिकासहित दश स्थानीय निकायहरु रहेको छ।

खोटाङ सेवा समाज (खोसेस) यूकेले खोटाङमा क्रियाशील राजनीतिक दलका प्रमुख, स्थानीय जनप्रतिनिधि, जिल्लाका सम्बन्धित कार्यालय प्रमुखहरु, जनप्रतिनिधिहरु र पत्रकारहरुको सहभागितामा सर्वपक्षीय भर्चुअल माध्यममा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लामा कोरोनाको असर, स्थानीय स्तरबाट भइरहेका नियन्त्रणका प्रयासहरु र खोसेसद्वारा जिल्लाबासीलाई गरिने सहयोगको पारदर्शिता र प्रभावकारिताका विषयमा छलफल भएको थियो ।

खोसेस यूकेका अध्यक्ष डा. प्रमोद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं संविधान सभासदस्य दुर्गा जयन्ती राई, जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ्ग, खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक, नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेकपा माओवादी केन्द्र खोटाङ अध्यक्ष पृथ्वी किराती, नेकपा (एमाले) खोटाङ अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेस खोटाङ सचिव ज्ञानेन्द्र जोशी, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य सूर्यबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विणादेवी राई, हलेशी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, उपप्रमुख बिमला राई र खोटाङ जिल्ला अस्पतालका प्रमुख डा.वैभव मल्लिकको सहभागिता रहेको थियो।

साथै संस्थाको तर्फबाट उपाध्यक्षहरु भगवती राई, प्रसाद राई, भविन राई, अध्यक्ष: डा. प्रमोद कोयी राई सचिवहरु रोजिना राई, देवेन्द्र खेरेस , कोषाध्यक्ष चन्द्र जयपाल, सह-कोषाध्यक्ष सन्जिव राई, सदस्यहरु खिलेन्द्र राई र ढकबहादुर रानाको सहभागिता रहेको थियो । खोसेस यूकेका महासचिव भोलाविक्रम राईले सञ्चालन गरेका कार्यक्रममा जिल्लाबाट सहभागीहरुले आआफ्नो विचार राखेका थिए ।

सहभागीहरुको भनाइप्रति खोसेसले आफ्नो गाँस काटेर दिएको आर्थिक सहयोगलाई वास्तविक सहयोग चाहिने पीडितहरुसम्म पारदर्शी र न्यायोचित ढंगले पुग्नेमा विश्वास लिएको जनाएको छ । साथै खोसेसले अन्तक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरुलाई ग्रहण गर्दै कार्यसमितिले छिट्टै नै आवश्यक निर्णयहरु गरी वास्तविक पीडितसम्म पारदर्शी र न्यायोचित ढंगले सहयोग पुर्याउने प्रतिवद्धता जनाएको छ ।

खोसेस यूकेले नेपालमा पछिल्लो चरणको कोरोना भाइरसबाट संक्रमित जिल्लाबासीका लागि सहयोग स्वरुप “अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने मूल नाराका साथ आर्थिक सहयोग संकलन अभियान आरम्भ गरेको छ ।

सो अभियानअन्तर्गत हाल लगभग २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जिल्लालाई हस्तान्तरण गर्ने तयारी भइरहेको समाजका उपाध्यक्ष भाग्यवती राईले पत्रकारहरु जिज्ञासाको उत्तर दिने क्रममा बताए । खोसेसले विगतमा पनि जिल्लालाई ७ वटा एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन प्रदान गरिसकेको छ र जतिसक्दो चाँडो कोभिड सहयोग गर्ने प्रतिवद्धता पनि संस्थाका अध्यक्ष डा. प्रमोद राईले व्यक्त गरे ।

अभियान अन्तर्गतको पहिलो चरणको योजनाअनुसार आर्थिक रकम संकलनमा भएको सकारात्मक साथ सहयोगले अपेक्षाकृत सफलता प्राप्त हुँदै गएकाले खोसेसले आफ्नो गाँस काटेर दिएको आर्थिक सहयोगलाई वास्तविक पीडितहरुसम्म पारदर्शी र न्यायोचित ढंगले पुर्याएर उनीहरुको जीवन रक्षा गर्न ठूलो जिम्मेवारी रहेको जनाएको छ ।

कार्यक्रममा पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप दाहाल, निवर्तमान अध्यक्ष दमन राई गोर्खापत्र दैनिकका सह-सम्पादक राजेश राई तथा विभिन्न क्षेत्रका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री