लण्डन । हरेक वर्ष लण्डनको केन्द्र भाग ट्राफालगर स्क्वायरमा बुद्धजयन्ती मनाउँदै आएको बुद्ध फाउण्डेसन युकेले कोरोना भाइरसका कारण यसवर्ष भर्चुअल रुपमा बुद्धजयन्ती मनाउने भएको छ ।
फाउण्डेसनले गत वर्ष पनि कोरोनाका कारण बन्दाबन्दी भएपछि ट्राफालगर स्क्वायर लण्डनमा कार्यक्रम गर्न सकेको थिएन ।
फाउण्डेसनले अन्तर्रास्ट्रिय स्तरमा नेपाली दुताबास बेलायतको समेत सहभागितामा बुद्धजयन्ती मनाउँदै आएको थियो ।
फाउण्डेसनले २५६५ औं बुद्धजयन्तीको अवसरमा कोरोनाको माहामारीबाट सम्पूर्ण मानव जगतले मुक्ति र विजय प्राप्त गरोस् भन्ने शुभकामना ब्यक्त गरेको छ । संस्थाले गरिआएको कार्यक्रमहरु कोभिड १९ साम्य भएपछि पुन: सुचारु गरिने जानकारी दिएको छ ।
यसपटक हामीले विश्व शान्तिको कामना गर्दै भर्चुअल माध्यमबाट बुद्ध जयन्ती २०२१ को शुभकामना ब्यक्त गर्ने कार्यक्रम आयोजना गरेको फाउण्डेसनले जनाएको छ । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा आगामी आईतबार ३० मे २०२१ दिनको ११ बजे सो कार्यक्रम आयोजना गरिएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश