
लण्डन । नेपालमा कोरोना महामारीबाट पीडित संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने गैरआवासीय गैरआवासीय नेपाली संघ, यूकेको पहलमा साथ र सहयोग जुट्ने क्रम जारी छ ।
मंगलबार बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकहरुको सबैभन्दा पुरानो संगठन गेसोले एनआरएनए यूकेलाई एक हजार ४ सय पाउण्ड सहयोग प्रदान गरेको छ । अल्डरशटस्थित गेसोको कार्यालयमा आयोजित एक कार्यक्रममा गेसोका कार्यबाहक अध्यक्ष धर्म तामाङ र कोषाध्यक्ष देवीमाया पुनले संघका अध्यक्ष पुनम गुरुङ र उपाध्यक्ष प्रेम गाहा मगरलाई एक हजार ४ सय पाउण्डको चेक प्रदान गरेका हुन् ।
नेपालमा अक्सिजन सिलिण्डर पठाउने उद्देश्यले गेसोले एनआरएनलाई सहयोग गरेको एनआरएनए यूकेका उपाध्यक्ष एवम् गोर्खा डिपार्टमेन्ट प्रमुख गाहा मगरले जानकारी दिए ।
कार्यक्रममा गेसोका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा एनआरएनए यूेकेका अध्यक्ष गुरुङ र उपाध्यक्ष गाहा मगरले आर्थिक सहयोगका लागि गेसोलाई धन्यवाद दिएका थिए ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित