
लण्डन । नेपालमा कोरोना महामारीबाट पीडित संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने गैरआवासीय गैरआवासीय नेपाली संघ, यूकेको पहलमा साथ र सहयोग जुट्ने क्रम जारी छ ।
मंगलबार बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकहरुको सबैभन्दा पुरानो संगठन गेसोले एनआरएनए यूकेलाई एक हजार ४ सय पाउण्ड सहयोग प्रदान गरेको छ । अल्डरशटस्थित गेसोको कार्यालयमा आयोजित एक कार्यक्रममा गेसोका कार्यबाहक अध्यक्ष धर्म तामाङ र कोषाध्यक्ष देवीमाया पुनले संघका अध्यक्ष पुनम गुरुङ र उपाध्यक्ष प्रेम गाहा मगरलाई एक हजार ४ सय पाउण्डको चेक प्रदान गरेका हुन् ।
नेपालमा अक्सिजन सिलिण्डर पठाउने उद्देश्यले गेसोले एनआरएनलाई सहयोग गरेको एनआरएनए यूकेका उपाध्यक्ष एवम् गोर्खा डिपार्टमेन्ट प्रमुख गाहा मगरले जानकारी दिए ।
कार्यक्रममा गेसोका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा एनआरएनए यूेकेका अध्यक्ष गुरुङ र उपाध्यक्ष गाहा मगरले आर्थिक सहयोगका लागि गेसोलाई धन्यवाद दिएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने