लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६५ औं बुद्ध जयन्ती मनाउने भएको छ ।
वर्तमान महामारीको अवस्थालाई ध्यानमा राखी भर्चुअल रुपमा बुधबार मनाउन लागिएको हो ।
ओम मुनी मुनी मुनिया स्वहा, ओम मने पद्यमे हुँ, ओम आ हुँ, ओम बज्र गुरु पद्यम सिद्धि हुँ, ओम आमी दोवारी, ओम तारे तु तारे तुरे स्वहाँ, ओ भैषजे, भैषजे, महा भैषजे, राजा समुद्गते स्वहा, ओम अरापचन धि, ओम गाते गाते पारागाते, पारा समुद् गते बौद्धिय स्वहा, ओम बज्रसत्य हुँ, ओम आमा रानी जीवनदाये स्वहा, ओम जम्बला जलन्द्रीय स्वहा लगायतका मन्त्रहरु लुङ्ग (आगम), प्रवचन (फोर शील) विशेष अतिथि हिज होलिनेश रिन्पोछेले दिने भएको छ ।
त्यस्तै गुम्बाका टुल्कु रिन्पोछे र खेन्पो कुन्ख्यापले शाक्यमुनी बुद्धको पूजा र आयु पूजा गर्ने छन् । उक्त बुद्ध जयन्ती कार्यक्रममा हिज होलिनेश रब्जम रिन्पोछेको विशेष उपस्थिति रहने छ । त्यस्तै, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, डा. सुनिल, एनआरएनए अध्यक्ष पुनम गुरुङ, धर्म गुरुहरु, विभिन्न संघसंस्थाका प्रनिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, ट्रष्टीज, सल्लाहकार, आजीवन सदस्य, भक्तजन एवं शुभचिन्तकहरुहरु जुममार्फत सहभागी हुनेछन् ।
दुई चरणमा आयोजना गर्न लागिएको कार्यक्रमको पहिलो चरणमा बीसीसी युकेका उपाध्यक्ष हर्क गुरुङले स्वागत मन्तब्य दिने छन् भने अतिथिहरुले शुभकामना मन्तब्य राख्ने छन् ।
दोस्रो चरणको कार्यक्रमको शुरुवातमा गुम्बाका धर्म गुरुहरुबाट टशी घेपा मंगल पाठ वाचन गर्ने छ । त्यस्तै, बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले हिज होलिनेश रब्जम रिन्पोछेको जीवनी, उपाध्यक्ष आङ्ग दावा शेर्पाले स्वागत मन्तब्य, सल्लाहकार जंगबहादुर गुरुङ लगायतले रिन्पोछेको लामो आयुको प्रार्थना गर्ने, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ र संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले मण्डला चढाउने कार्यक्रम रहेको बीसीसीले जनाएको छ । उक्त चढाएको मण्डलालाई खेन्पो थुप्तेनले जुममार्फत हस्तान्तरण गर्ने छ । कार्यक्रमको अन्त्यमा उपाध्यक्ष रोबिन गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको आयोजक बीसीसी युकेले जनाएको छ ।
बीसीसी युकेका उपाध्यक्ष आङ्ग दावा शेर्पाको संयोजकत्वमा जुममार्फत आयोजना गर्न लागिएको कार्यक्रमलाई बिसीसी युकेको फेसबुक पेजबाट लाईभ समेत गर्ने भएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश