शिशुघातको अभियोगमा बेलायतमा एक नेपाली महिला दोषी ठहर

विन्चेष्टर क्राउन कोर्ट

लण्डन । अल्डरशटमा एक शिशुलाई घात गरेको अभियोगमा एक नेपाली महिलालाई अदालतले दोषी ठहर गरेको छ ।

बेलायतको विन्चेस्टर क्राउन कोर्टले दुई हप्ता लामो अदालती सुनुवाईपछि विहीबार २४ वर्षीया बबिता राईलाई दोषी ठहराएको हो ।

अदालतले उनलाई हत्याको दोषी भने ठहर गरेन ।

बेलायतको शिशुघात ऐन १९३८ अनुसार एक वर्षमुनीको आफ्नै बच्चालाई मारेमा प्रसुतीबाट मानसिक र शारीरिक रुपमा रुपमा पूर्ण सन्चो भई नसकेको अवस्था भन्दै जुरीले हत्या नभई शिशुघात मान्न सक्ने प्रावधान छ ।

शुक्रवार १९ मे २०१७ दिउँसो १. ३० बजे अल्डरशटको मनोर पार्कमा नवजात शिशु (बालिका) को शव भेटिए लगत्तै प्रहरीलाई जानकारी दिइएको बारेमा अदालती सुनुवाई भएको थियो।

राईलाई के कति सजायँ हुन्छ भने जुलाई १९ मा मात्र थाहा हुनेछ ।

९ मार्च २०२० मा प्रहरीले उनलाई पक्राउ गरेको थियो । ७ जुलाईमा २०२० मा उनलाई अभियोग लगाइएको थियो । राईलाई शिशुको घात गरेको र हत्या गरेको दुईवटा अभियोग लगाइएको थियो ।

राई सन् २०१७ मा परिवारसहित बेलायत आएकी थिइन् । स्थानीय जीपीसित उनले आफू गर्भवती नभएको बताएकी थिइन् । तर उनले मे १५ वा १६ २०१७ को राति मनोर पार्कमा दुई वटा रुखको बीचमा बच्चा पाएको सरकारी वकिल आडम फिस्ट क्यूसीले बताएका थिए । बच्चा जन्मेको स्थानबाट करिब ९० सेन्टीमिटर शिशुको शव पार्कमा मर्मत गर्ने कामदारले १७ मेमा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

शिशुको मृत्यु टाउकोमा चोटका कारण मस्तिस्क तथा ढाडमा रक्तस्रावबाट भएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री