लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको यही जुन १३ मा हुने पाँचाैँ अधिवेसनका लागि वरिष्ठ पत्रकार भगिरथ योगीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
महासंघ केन्द्रीय समितिले बुधबार योगीलाई केन्द्रीय प्रतिनिधि मनोनयन गरेको हो ।
सो लगत्तै योगीले शाखामा देखिएका विवाद अन्त्य गरी सर्वसम्मतिमा नयाँ कार्यसमिति चयनका लागि पहल सुरु गरेको बताएका छन् ।
शाखाको ९ मे २०२१ मा सम्पन्न पूर्ण कार्यसमितिको बैठकले भर्चुअल रुपमा १३ जुनमा पाँचौ अधिवेशन गर्ने निर्णय गरेको थियो । साथै नयाँ कार्यसमिति चयनका लागि रमेश साराङकोटीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिले नियमावली प्रकाशन गरेपछि शाखाका महासचिव सन्जयभक्त कँडेलले उक्त नियमावली कार्यसमितिको बैठक विपरीत भएको भन्दै विज्ञप्ति निकाले पछि विवाद देखिएको थियो ।
‘महासंघ बेलायत शाखालाई एकतावद्ध गरी सहमतिमा नयाँ कार्यसमिति गठन गर्न नेपाल पत्रकार महासंघको निर्देशनअनुसार महासंघ युके अध्यक्ष नरेश खपांगी मगरलगायतका सबै पक्षसँग वार्ता गरी सहमतिमा पुग्ने विश्वास छ,’ केन्द्रीय प्रतिनिधि योगीले भने । “सदस्यता शुद्धीकरण कार्यान्वयन समितिको संयोजकको रुपमा काम गर्न साथीहरुले जसरी सहयोग गर्नु भएको थियो, अधिवेशनको प्रक्रिया पनि पारदर्शी र सर्वसम्मत ढंगले संचालन गर्न सबै साथीहरुको साथ र सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु,” उनले भने।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित