काठमाडौँ। बेलायतले नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको अप्रत्यक्ष बैठकमा बेलायती विदेश राज्यमन्त्री लर्ड अहमदले नेपालको स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रमा बेलायती सरकारले निरन्तर सहयोग गर्ने बताउनुभएको हो ।
दुवै देशका मन्त्रीले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सघन एवं सुदृढ तुल्याउनाका साथै जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा निकट सम्पर्कमा रहेर काम गर्न सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सामान्यावस्था र अहिलेको कठिन परिस्थितिमा नेपाललाई सहयोग गरिएकामा बेलायत सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड –१९ को अकल्पनीय वृद्धिविरुद्ध लड्न नेपाललाई खोपसहित अन्य सहायता अत्यावश्यक भएकामा जोड दिनुभयो ।
बैठकमा नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धका विविध पक्षका साथै विकास सहायता र विशेष रुपमा कोरोना भाइरसका सन्दर्भमा छलफल भएको थियो । दुवै मन्त्रीले महामारीविरुद्ध एकार्काप्रति ऐक्यबद्धता जनाउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने