लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि एनआरएनए युकेलाई १५ हजार पाउण्ड हस्तान्तरण गरेको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाईरसको न्यू भेरियन्टले संक्रमण बढाएको र अक्सिजन अभावका कारण थुप्रैले ज्यान गुमाउन थालेपछि बीसीसी युकेले अक्सिजन कन्सन्ट्रेटर खरीदमा सहयोग गर्ने निर्णयानुसार गत बुधबार बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले करीब २१ वटा अक्सिजन कन्सन्ट्रेटरका खरीदका लागि एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङलाई १५ हजार पाउण्डको चेक हस्तान्तरण गरेको हो ।
बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा आयोजित कार्यक्रममा बीसीसी युकेका अध्यक्ष तामाङ्गले पछिल्लो समय नेपाल लगायतका देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्टले संक्रमण बढाएको, अक्सिजनको अभावका कारण थुप्रै जनाले ज्यान गुमाइरहेको स्मरण गरे । साथै, उनले एनआरएनए युकेसँग सहकार्य गरी थोरै भए पनि अक्सिजन कन्सन्ट्रेटेर खरीदका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पठाएको रकममा सही ठाउँमा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले एनआरएनए युकेले २०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने योजना बनाएको भएता पनि अहिले १०० वटा मात्रै अर्डर भएको बताइन् । साथै, उनले बीसीसी युके एउटा धार्मिक संस्था भएतापनि यति ठूलो रकम उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा बीसीसी युकेका धर्म गुरु टुल्कु रिन्पोछे, खेन्पो खेकुन्ख्याप, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, बीसीसी युकेकी आमा अध्यक्ष उर्मिला गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, महासचिव क्याप्टेन देव घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ, पब्लिक रिलेशन अफिसर मेजर खिम गौचन, आमा समूहकी सल्लाहकार थोसमाया गुरुङ, एनआरएनए युकेका सदस्य हेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, बीसीसी युकेले सन् २०१५ को भूकम्प लगायतको विपत्तिमा सक्दो सहयोग गर्दै आएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश