लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि एनआरएनए युकेलाई १५ हजार पाउण्ड हस्तान्तरण गरेको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाईरसको न्यू भेरियन्टले संक्रमण बढाएको र अक्सिजन अभावका कारण थुप्रैले ज्यान गुमाउन थालेपछि बीसीसी युकेले अक्सिजन कन्सन्ट्रेटर खरीदमा सहयोग गर्ने निर्णयानुसार गत बुधबार बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले करीब २१ वटा अक्सिजन कन्सन्ट्रेटरका खरीदका लागि एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङलाई १५ हजार पाउण्डको चेक हस्तान्तरण गरेको हो ।
बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा आयोजित कार्यक्रममा बीसीसी युकेका अध्यक्ष तामाङ्गले पछिल्लो समय नेपाल लगायतका देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्टले संक्रमण बढाएको, अक्सिजनको अभावका कारण थुप्रै जनाले ज्यान गुमाइरहेको स्मरण गरे । साथै, उनले एनआरएनए युकेसँग सहकार्य गरी थोरै भए पनि अक्सिजन कन्सन्ट्रेटेर खरीदका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पठाएको रकममा सही ठाउँमा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले एनआरएनए युकेले २०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने योजना बनाएको भएता पनि अहिले १०० वटा मात्रै अर्डर भएको बताइन् । साथै, उनले बीसीसी युके एउटा धार्मिक संस्था भएतापनि यति ठूलो रकम उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा बीसीसी युकेका धर्म गुरु टुल्कु रिन्पोछे, खेन्पो खेकुन्ख्याप, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, बीसीसी युकेकी आमा अध्यक्ष उर्मिला गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, महासचिव क्याप्टेन देव घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ, पब्लिक रिलेशन अफिसर मेजर खिम गौचन, आमा समूहकी सल्लाहकार थोसमाया गुरुङ, एनआरएनए युकेका सदस्य हेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, बीसीसी युकेले सन् २०१५ को भूकम्प लगायतको विपत्तिमा सक्दो सहयोग गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने