लण्डन । अर्घाखॅाची समाज यूकेको भेला सम्पन्न भएको छ ।
जुम लिन्कद्वारा गरिएको भेलाको अध्यक्षता अर्घाखॅाची समाजका अध्यक्ष बालकृष्ण भुसालले गरेका थिए ।
भेलाले नेपालमा कोरोना महामारी फैलिएसंगै स्वास्थ्य सामग्रीको अभाव भएपछि उत्पन्न समस्याहरुको बारेमा छलफल गरेको थियो ।
समाजले कोभिड पिडितको सहयोगार्थ आर्थिक संकलन सुरु गरिसकेकोले यसलाई व्यापक बनाउने निर्णय गरेको छ । वर्तमान अवस्थामा विदेशमा रहेका नेपालीहरुको सहयोगको ठूलो अर्थ रहने बताउँदै एकजुट भएर आर्थिक संकलनमा लाग्न जोड दिन र सहयोग गर्न समाजका अध्यक्ष भुसालले सबैलाई अनुरोध गरे ।
भेलाले एआरएनए युकेमार्फत नेपाललाई £700 सहयोग पठाउने र बाँकी संकलन गरिएको सबै रकम सीधै अर्घाखॅाची अस्पतालको सहयोगको लागी पठाउने निर्णय गरेको छ ।
बैठकमा डा. उत्तम कक्षपतीले कोरोना भाईरसको बारेमा राम्रोसँग जानकारी गराउनु भएको थियो । उक्त बैठकमा अर्घाखॅाची समाजका सल्लाहकारहरू जीव बेल्वासे, तुङ्ग भुसाल, दामोदर आचार्य, केशव रानालगायतले आफ्ना विचार र सुझावहरू राख्नु भएको थियो ।
समाजका उपाध्यक्ष सुशील गौतम र सचिव हरि पौडेलले पनि आफ्ना भनाइहरू राख्नुभएको थियो ।
भेला सम्पन गर्न रेशम बस्यालले विशेष सहयोग गर्नु भएको थियो ।
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]