
लन्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लिज सोसाईटी (जेन्स) यूके अध्यक्षमा तिलक भट्टराई पुन: निर्वाचित भएका छन । आइतबार जुम मार्फत भर्चुअल रुपमा भएको साधारण सभाले कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिलाई मध्येनजर गरि पुरानो कार्यसमितिलाई नै सर्वसम्मत रुपमा आगामी कार्यकालको जिम्मेवारी दिइएको हो ।
जेन्स यूके कार्यसमितिका सल्लाहकार मोहन गुरुङ , डा. मुकुन्द बास्तोला, एलएन पाण्डे, राजेन कंडेल र ललित न्यौपानेलाई पुन सल्लाहकारमा मनोनयन गरिएको छ । भट्टराईको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्षत्रय दिपक गैरे, श्याम खत्री र गणेश थापा छन् । महासचिवमा राजेन्द्र भण्डारी, कोषाध्यक्षमा राम थापा र सचिवमा रविन्द्र रानाभाट छन् ।
त्यस्तै, सदस्यहरुमा सूर्यविक्रम केसी, सन्तोष कार्की र राजेन्द्र खस छन् । कार्यसमिति सल्लाहकारमा शालिकराम सापकोटा, लेखनाथ गैरे, लक्ष्मण पाण्डे, बिष्णु चोङबाङ र मैना शर्मा घिमिरे छन् ।
पुन: निर्वाचित अध्यक्ष भट्टराईले जेन्स यूके नेपाली संघसंस्थासँग हातेमालो गरि अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले हालको परिस्थिति परिवर्तन भएपछि कमर्सियल क्षेत्रमा अझ संसक्त ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्ति गरे । जेन्स यूकेमा एकसय भन्दा बढी सदस्य छन् भने २० जना आजीवन सदस्य छन् । जेन्स यूके बेलायतमा रहेका नेपाली इन्टरपेनर्सको साझा संस्था हो । बेलायतभर इबजार तथा प्रविधिको क्षेत्रमा संस्थाले काम गरिरहेको छ । जेन्सले बेलायतमा
प्रविधिको क्षेत्रमा सहुलियत दरमा काम गरिरहेको छ र अब छिट्टै प्रोपटी डेभलपमेन्ट तिर लाग्ने जानकारी अध्यक्ष भट्टराईले दिए । भट्टराईले कोरोना संक्रमणबाट नेपाली समुदायलाई बचाउन विशेष भुमिका निर्वाह गरेको जेन्स युकेले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा खेलेको भुमिकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित