बेलायतको जनगणनामा नेपालीलाई सहभागी गराउन समन्वय समितिले कसरी काम गर्दैछ ?

May be an image of Gajen Katuwal

लेखक : कटुवाल

जनगणनाको बारेमा हामी केहि केहि रुपमा जानकार भैसकेको छौ यो किन  भन्ने बारेमा पनि धेरै छलफल भैसकेको भैरहेको पनि छ । बिगतले पनि हामीलाई सामुहिक रुपमा अगाडी बढ्नै पर्ने चेतना भएकोछ अन्यथा  “हाम्रो नेपाली पहिचानको लेखांकन हाम्रो अभियान को यो सुनौलो अवसर हाम्रो हातबाट गुम्यो भने फेरी अर्को १० बर्ष पर्खिनुको अलावा हामीसंग केहि बिकल्प रहनेछैन यहि तितो सत्यलाई मनन गरि एनआरएनए इंग्ल्याण्ड  राज्य समन्वय परिषद्को अगुवाइमाहाम्रो नेपाली पहिचानको लेखांकन हाम्रो अभियानलाइ अगाडी बढाउन समन्वयात्मक भूमिकाको साथ् अगाडी बढिरहेको कुरा कसैबाट छिपेको छैन

हाम्रो नेपाली पहिचानको लेखांकन हाम्रो अभियानको सामुहिक मिसनको पुर्व तयारीमामा एनआरएनए संग यो लेखक पनि सामुहिक नारा  “हाम्रो नेपालिपहिचानको लेखांकन हाम्रो अभियानसहित  केहि बैठकमा औपचारिक /अनौपचारिक रुपमा सहभागी हुदै आएको हो यसै परिप्रेक्षमा अहिले गरिरहेको कार्यको लागि आधार भूमिको रुपमा केहि आधारभूत सोच तथा रणनीति तय गरिएको थियो त्यो सोचलाइ कार्य रुपमा लैजान लचिलो समन्वयात्मक समुह (LOOSE COORDINATING NETWORK) मार्फत अगाडी बढ्न केहि सामाजिक अभियन्तासहित छलफलपछि अहिले कार्य भैरहेकोछ

यो रणनैतिक सोच अनुरुप अहिलेको कार्य सुरु भयो । यसलाई सबै सामु लैजान आवस्यक भनेर हाम्रो यसै LOOSE COORDINATING NETWORK का सदस्य तथा FNJ UK का वरिष्ठ उपाध्यक्ष  श्यामजी तथा यसका अध्यक्ष दीपकजीसंग कुरा भए बमोजिम यसलाई सबै सामु पस्कने जमर्को गरेको छु । यस मध्ये धेरै कामहरु हामीले सुरु गरिसकेका छौं भने वाँकी कामहरु केही दिन भित्र सकेर हातेमालो गर्दै तपाई र हामी अघि बढने छौं ।

LOOSE COORDINATING NETWORK  (समन्वय समुह) :

यसमा NRN इंग्ल्याण्डले प्रमुख संयोजनकारी भूमिका निर्वाह गर्ने जसमा अन्य संयोजनको लागि पेशागत, सामुदायिक, बर्गीय, जातीय संघ संस्थालाई समेटेर संयोजन गर्ने

सामुहिक मिशन

हाम्रो  नेपाली पहिचानको लेखांकन हाम्रो अभियानबिसेस स्लोगनसहित समुदाय स्तरमा लैजाने

रणनीति: यो जनगणनाको चेतनाको लागि चरणमा कार्यहरु तय गरि समुदाय स्तरमा लैजाने जसमा निम्न छन्

सचेतता :

यो जनगणनाको चेतनाको लागि समुदाय स्तरमा लैजानको लागि निम्न कुरा गरिने

गोष्ठीरास्ट्रिय \स्थानीय स्तरमा जूम मार्फत
टक शोबिज्ञहरु सम्मिलित प्रस्नोतर
प्रचार प्रसार सामाग्रीको तयारि /वितरण
सेलिब्रेटीहरुलाई यस सम्बद्धमा अनुरोध गरि प्रसार गर्ने
अन्य संघसंस्थाहरु संग साझेदारी  
सहजीकरण

फोकल एरिया, फोकल संस्था तथा फोकल पर्सन पहिचान गरि स्थानीय तथा अन्य स्वयंसेवक परिचालन गर्ने

संबद्ध संघ संस्थाबाट सम्पर्क व्यक्तिको लिस्ट तयार गरि इन्डक्सन / तालिम प्रदान गर्ने

फलोअप / मुल्यांकन

समन्वय तथा सम्पर्कलाई बढाउदै गरिरहेको कार्यको फलोअप गर्दैमुल्यांकन गर्ने

सुधारका क्षेत्र पहिचान गर्दै ससक्त रुपमा नेटवर्क स्थापना गर्ने

कार्यनीति

उपर्युक्त रणनैतिक सोचलाई कार्यरुपमा लैजान समन्वयकारी भूमिका निर्वाह गर्दै निम्न  कुरालाइ मुख्य रुपमा  लिएर अगाडी बढ्ने -:

.संस्थाबाट कम्तिमा एक जना कार्यसमितिका पदाधिकारीलाईजनगणना सम्पर्क व्यक्तिको रुपमा तोकी वहा तथा संस्थासंग सम्पर्क गरिआवस्यकता अनुसार इन्डक्सन / तालिम प्रदान गर्ने

. संस्थाहरुले सामुहिक मिशनकालागि गरिरहेको कामको मुल्यांकन गर्दै सुचना नेपाली मिडियामा लैजाने  

३ विशेष फोकस गर्नु पर्ने क्षेत्र तथा ब्यक्तिको पहिचानको लागि सामाजिक संजालको प्रयोग नगर्ने, मेल /इन्टरनेट प्रयोग नगर्ने, कम्पुटरको प्रयोग नगर्ने समुदाय छ भने त्यस्तो ठाउ पहिचान गरि सहयोग गर्ने

. ONS (Office for National Statistic) तथा CNS (Centre for Nepal Study -UK) जस्ता यस पुनित कार्यमा सघाउने सरकारी तथा गैह्रसरकारी संस्थाको सहयोग तथा समन्वय गरि सुचनाहरु सामुदायिक तथाअन्य संस्थाहरुलाइ उपलब्ध गराउने

. यो जनगणना प्रति उदासिन युवाहरुलाइ हातेमालो गराउन स्थानीय तथा पेशागत संघसंस्थाहरुसंग विशेष कार्यहरु संचालन गर्ने

. कुनै पनि प्रकारको सहयोग तथा समन्वय आवस्यक भएमा सम्पर्क गरि सहयोग उपलब्ध गराउने

. यो मिशनमा लाग्ने सबै संघसंस्थाहरुको पहिचान लेखांकन तथा मुल्यांकन गरि आगामी दिनमा पनि हाम्रो सामुहिक मिसनमा एकीकृतरुपमा बढ्ने वातावरणलाइ जिवन्त राख्ने

अब जनगणनाको प्रस्नावली भर्दा मुख्य रुपमा ध्यान दिनुपर्ने बुदाहरु :

बुँदा १४ मा नागरिकताको प्रश्न हो यसमा एक भन्दा बढी उत्तर दिन पाइन्छ अन्य विकल्प दिइएको आफ्नो नागरिकता अनुसारको कोठामा टिक लगाएर Other मा पनि टिक लगाएर  NEPALI लेख्न सकिन्छ

बुँदा १५ मा जातीय सम्बन्धि प्रश्न ; यो नै पहिचानको लागि अत्यन्त महत्त्वपूर्ण प्रश्न हो त्यसको C मा Asian or Asian British अन्तर्गत Any other Asian Background मा NEPALI लेख्न सक्नुहुनेछ , जुन कुराले महत्व राख्नेछ

बुँदा १६ भने धर्म सम्बन्धी प्रश्न हो यसमा तपाइले मान्नु भएको धर्मको कोठामा टिक लगाएर वा नभए अन्यमा गएर लेख्न सक्नु हुनेछ यद्यपि यो बाध्यकारी प्रश्न होइन

बुँदा १८ मा मुख्य भाषा सम्बन्धी प्रश्न यो बुँदामा पनि उत्तिकै ध्यानदिन आवस्यक  जसमा Other  मा गएर NEPALI लेख्न सक्नुहुने

बेलायतको कानूनले यो जनगणनामा सहभागी नभए वा गलत विवरण दिएमा  £१००० सम्म जरिवाना हुनसक्छ भनेको हुदा भर्न अनिवार्य

जनगणना आफूलाई अभिलेख गर्दै नेपाली पहिचान स्थापित गर्नेसुनौलो अवसर हो नेपालीहरूको पहिचान स्थापित गर्न आफू पनि नछुटौँ अरुलाई पनि उत्प्रेरित गरौ तपाइको योगदानले बेलायतमा नेपालीको छुट्टै पहिचान स्थापित हुनेछ हाम्रा भावी सन्ततिहरूलाइ तपाइले सगौरब भन्नु हुनेछ हामीले कम्तिमा यति गर्यौ भनेर  

(लेखक इंग्ल्याण्ड राज्य समन्वय परिषद्  युके जनगणना सचेतना कार्यक्रम २०२१ का सहसंयोजक हुन) 

प्रतिक्रिया

सम्बन्धित सामाग्री